Sunday 24th August 2025

मलेसियामा छिट्टै नै नेपाली कामदार अापुर्ती गरिने


तितोपाटी – मलेसियाका प्रधानमन्त्री महाथिर महमदले नेपाली कामदार मलेसिया लैजान बंगलादेशका लागि अपनाइएजस्तै प्रणाली अपनाउने बताएका छन्। उनले मलेशियामा श्रमिक आपूर्तिमा सबैदेश सँग एकैखाले पद्धति अपनाउने उनकाे भनाइ छ।

मलेसियाको संसद भवनमा विदेशी कामदार व्यवस्थापन बारेको बैठकमा बोल्दै नेपाली कामदार आपूर्तिमा हाल बंगलादेशबाट गरिएजस्तै प्रणाली लागूहुने प्रधानमन्त्री महाथिरले प्रस्ट पारेका हुन्। उनले भनेका छन्,‘सबै देशका कामदार आपूर्ति गर्न एकैखाले प्रणाली अपनाइनेछ। यसका लागि मलेसिया सरकारले एक स्वायत्त आयोग गठन गर्नेछ।’

मलेसियाका मानव संसाधन मन्त्री महम्मद कुलासेगरनले यसका लागि नेपाल र मलेसिया सरकारबीच(जीटुजी)सम्झौता गर्न तयार रहेको बताएका छन्। यो विषयमा शैदान्तिक सहमति भइसकेको र त्यहाँको मन्त्रीपरिषदले पारित गरेपछि सहमतिमा हस्तक्षर हुने उनको भनाइ छ।

बैठकमा मानव संसाधन मन्त्री कुलासेगरनले कामदार आपूर्तिमा भूमिका निभाइरहेको प्राविधिक कम्पनी बेस्टिनेटलाइ निलम्बन गरिएको पनि जानकारी गराएका थिए।

बेस्टिनेटले कामदार आपूर्तिमा बायोमेडिकल चेकअपमा एकाधिकार कायम गरी श्रमिकमाथि शोषण गरेको आरोप लागेको थियो।उक्त कम्पनीले मलेसिया पुग्ने नेपाली कामदारबाट साढे १८ करोड रिंगेट सोषण गरेको पनि आरोप छ। बेस्टिनेटले विदेशी कामदारको एकिकृत व्यवस्थापन प्रणाली(एफडब्लुसिएमएस) मार्फत सम्पत्ति शुद्धिकरणका गतिविधि गरेको आशंका पनि त्यहाँका सञ्चारमाध्यमले गरेका छन्।

नेपाली श्रमिक मलेसिया जानेक्रममा अत्यधिक शोषण भएको भन्दै नेपालले हाल कामदार पठाउन रोकेको छ। कामदार आपूर्ति व्यवस्थित र सूचारू गर्न नेपाल र मलेशसिया सरकारबीच छलफल भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

रियाद: साउदी अरबका युवराज मोहम्मद बिन सलमानले बिहीबार वार्षिक राष्ट्रिय रक्तदान अभियान सुरु गर्न रक्तदान गर्नुभयो, जुन एक दयालु इशारा…

न्यायको क्रूर कार्यान्वयनमा, इरानले तीन दिनमा दोस्रो सार्वजनिक मृत्युदण्ड दियो। बिहीबार, अगस्ट २१ मा, हत्याको दोषी ठहरिएका एक इरानी पुरुषलाई…

प्रतिकृयाहरू
...