Wednesday 31st December 2025

के तपाई भाईरस होईनर ?


तोयानाथ उपेक्षित, मानिस यो धर्तिमा कहाँबाट आयो ? भनेर हुने प्रश्नहरुमा धेरै प्रकारका धारणाहरु सुन्न पाईन्छ । धार्मिक मान्यताका हिसावले आएका तर्कहरु धर्म पिछे नै अलग अलग छन । तर बैज्ञानिक हिसावले आउने तर्कहरु एकै खालका छन । किनकी यहा कसैको चिन्तन र विचार हावी नभएर तथ्य र प्रमाणहरु बोल्ने हुनाले बैज्ञानिक कारणहरुमा प्रायस एकरुपता छ ।

जब बैज्ञानिक रुपले हाम्रो उत्पतिका कुरा सुन्छौ तब लाग्छ जीवन त बेकार पो रहेछ । यो फेरीफेरी घुमेर नआउदो रहेछ । नत यहाँ कुनै स्वर्ग रहेछ जानलाई न कतै नर्क । जब यस्तो कुरामा सामान्य चेतनाको मानिस कन्भिन्स हुन्छ तब उसमा निराशा, छटपटी, र पागलपन सवार हुन पनि सक्छ । यसर्थ धर्मिक मान्यताले सधै आशै आशामा जिउन सिकाउछ । नैतिक र कर्तव्यपराण हुन सिकाउछ । पाप र धर्मको चेष्ठाले मानिस करुणा र सेवाका लागि पनि अग्रसर गराउछ । यसर्थ दुनियामा सधै धर्मको बर्चस्व रहिरहोस जबसम्म सम्पूर्ण मानिस नै बैज्ञानिकहरुको तहमा दिक्षित र शिक्षित हुदैनन ।

आखिर जीवन हो के त ? कसैले भन्छन दुई दिनको रामछाया त कसैले कर्कौलाको पानी । कसैले जीवन सात जन्मको हुन्छ कसैले ८४ लाख जुनी । भनिन्छ मरेपछि पनि उसको आत्मा घुमिरहन्छ , भौतारिरहन्छ । अझ भनौ यो ईश्वरिय रचना हो जसको स्थुल र बायु गरेर दुई खालको स्वरुप हुन्छ । अर्थात हामी बाचुन्जेल देखिने स्वरुपमा र मरे पछि अदृष्य रुपमा । जब कुनै एउटा जीवन अन्त हुन्छ तब उसले अर्को जीवन धारण गर्दछ आदीआदी ।

सामान्य मानिसलाई जसको कुरा सुन्यो त्यहि सहि लाग्छ किनकी सवै बुझाईहरु ज्ञानको सतह अनुसारका हुन्छन । तर विज्ञान ले त्यसो भन्दैन । विज्ञानले जीवनलाई केमिकल ईभुलोसन अर्थात विकाश र बायोलोजिकल ईभुलोसन को परिणाम ठान्दछ । यी सवै कुरामा नेचर को योगदान रहने भएका ले यहाँ कुनै देवत्व शक्तिले खेल खेलेको छ भन्ने मानिन्न । उर्जा र बाताबरण नै जीवको उत्पतीको कारण ठानिन्छ । जहाँ उर्जा र पर्यावरण अनुकुल छ तत तत ग्रहमा कुनै न कुनै रुपमा जीवन हुन पर्दछ भन्ने आम बैज्ञानिक धारणा हो तर हाम्रो विज्ञान र खोजले आज सम्म अनुमानलाई छाडेर हेर्ने हो भने हामी मात्र एउटा यस्तो ग्रहमा छौ जहाँ जीवन छ । उर्जा सुर्यबाट प्राप्त र बाताबरण पृथ्वीको ग्राभेटीबाट तयार हुने गर्दछ । अझ यसो भनौ हामी पञ्च तत्वबाट बनेका छौ र सारा ब्रमाण्ड को रचना यहि कुराबाट भएको छ । त्यो पञ्चतत्व कुनै भगवान नभएर प्रकृती हो । जुन तत्व जहाँ मौजुद छ त्यहाँ जीवन पनप्न अर्थात विकाश हुन थाल्दछ । तर बैज्ञानिकहरु यहाँ अझै केही जटिल प्रश्नहरुको उत्तर ठिक ढंगले दिन सकिरहेका छैनन । जीवनका लागि जुन व्लकहरु पृथ्वीमा छन ती यहि थिएकी कहि अन्तैबाट आए ? आखिर ब्रमाण्ड कसरी बन्यो । यत्रो ब्रमाण्ड निर्माण को रहस्य के हो आदीआदी ।

हो यसो भए पछि हामीले भाईरस का धेरै कुरा सुन्छौ तर तीनै भाईरस बाट हाम्रो पनि विकाश भएको होईनर ? यसलाई अझ सजिलो गरी बुझन का लागि एउटा जीवन उत्पतीका चरणहरुलाई हेरौ । सवै भन्दा सानो तत्व एटम हो । यो सगै ईलोक्ट्रोन, न्युटोन र प्रोटोन को कुरा आउछ । अझ यो भन्दा सानो सानो पदार्थ जस्तै हेलियम ईत्यादी । अब यो भन्दा ठुलो अंशमा जाने हो भने एमिनो एषिड लाई हेरौ । एक प्रकारको यो रसायन हो । त्यसपछि आउछ प्रोटोन अनि मात्र सेल मा पुगिन्छ । हाम्रा नांगा आँखले सेल लाई समेत देख्न सक्दैनौ । त्यो सेल पनि आफैमा केही होईन यसमा वाईलोजिकल र मेकानिकल एभुलोसन को संमिश्रणबाट तयार हुने गर्दछ । यसमा पनि बाहिरी, भित्री र मध्य भाग हुन्छ । जब सेल बन्छ त्यसले अर्को सेल बनाउछ । सेलहरुका व्लकहरु मिसिदै जान्छन र त्यहाँ एउटा निश्चित प्रक्रियाबाट एक प्रकारको टिस्युहरु बन्दछन तीनै टिस्युहरुले अनेकौ शरिर का भागहरु निर्माण गर्दै गएर एउटा सिंगो जिवन तयार हुन्छ चाहे पशु, पंक्षी, वा मानिसको किन नहोस । यसरी हेर्ने हो भने त्यो सुक्ष्म तत्व बाटै हाम्रो विकाश भएकाले हामी एउटा सानो भाईरसका ठुला रुप मात्र हौ ।


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...