Sunday 7th December 2025

कुवेत प्रहरीले ३० लाख केडी बराबरको लागु औषध बरामद गरेको छ


कुवेत सिटी, सेप्टेम्बर १८ लागुऔषध तथा मदिरा नियन्त्रण महाशाखा का कर्मचारीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ, जसको बजार मूल्य ३० लाख कुवेती दिनार अर्थात नेपाली १ अरब २३ लाख भन्दा बढी रहेको समाचार अल–राई दैनिकले जनाएको छ । ।

सुरक्षाकर्मीले ती पुरुषहरूबाट हतियार र गोलीबारुद पनि बरामद गरेको दैनिकले थपेको छ र विभागले अपरिचित प्रहरी सुचनाकर्ताबाट सूचना पाएपछि ती पुरुषहरूलाई हिरासतमा लिएको हो। गोप्य सूचनाका आधारमा सीआईडीले एकजनाको घरमा छापा मारेर भण्डारण कोठाबाट एक टनभन्दा बढी लिरिका चक्की, ३५ किलो केमिकल, १८ किलो साबु, २ किलो चरेस र १ किलो लिरिका पाउडर बरामद गरेको हो । ३ किलो गाँजा, २ हजार थान क्याप्टागन ट्याब्लेट, २ थान कलाश्निकोभ राइफल, ४ थान पेस्तोल र विभिन्न प्रकारका गोलाबारुद रहेका छन । सोधपुछका क्रममा संदिग्धहरूले उक्त तस्कर आफूकै भएको र लागुऔषध ओसारपसार गरेको स्वीकार गरेका छन् । उनीहरुलाई सम्बन्धित निकायमा पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

इजरायल बाह्य मोर्चामा जति नै दबाबमा परे पनि, यसको सबैभन्दा ठूलो दीर्घकालीन चुनौती सीमापारिबाट होइन—घरभित्रबाट उठिरहेको छ। इजिप्ट, टर्की र…

राष्ट्रपति अहमद अल-शाराले शनिबार चेतावनी दिए कि दक्षिणी सिरियामा असैन्यीकृत क्षेत्रको लागि इजरायलको मागले उनको देशलाई खतरामा पार्न सक्छ, किनकि…

भारत र रुसले शिखर सम्मेलन र द्विपक्षीय वार्ता गरेका छन्। प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन बीचको संयुक्त वक्तव्य पनि जारी…

प्रतिकृयाहरू
...