Tuesday 29th September 2026

कुवेत प्रहरीले ३० लाख केडी बराबरको लागु औषध बरामद गरेको छ


कुवेत सिटी, सेप्टेम्बर १८ लागुऔषध तथा मदिरा नियन्त्रण महाशाखा का कर्मचारीले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ, जसको बजार मूल्य ३० लाख कुवेती दिनार अर्थात नेपाली १ अरब २३ लाख भन्दा बढी रहेको समाचार अल–राई दैनिकले जनाएको छ । ।

सुरक्षाकर्मीले ती पुरुषहरूबाट हतियार र गोलीबारुद पनि बरामद गरेको दैनिकले थपेको छ र विभागले अपरिचित प्रहरी सुचनाकर्ताबाट सूचना पाएपछि ती पुरुषहरूलाई हिरासतमा लिएको हो। गोप्य सूचनाका आधारमा सीआईडीले एकजनाको घरमा छापा मारेर भण्डारण कोठाबाट एक टनभन्दा बढी लिरिका चक्की, ३५ किलो केमिकल, १८ किलो साबु, २ किलो चरेस र १ किलो लिरिका पाउडर बरामद गरेको हो । ३ किलो गाँजा, २ हजार थान क्याप्टागन ट्याब्लेट, २ थान कलाश्निकोभ राइफल, ४ थान पेस्तोल र विभिन्न प्रकारका गोलाबारुद रहेका छन । सोधपुछका क्रममा संदिग्धहरूले उक्त तस्कर आफूकै भएको र लागुऔषध ओसारपसार गरेको स्वीकार गरेका छन् । उनीहरुलाई सम्बन्धित निकायमा पठाइएको छ ।


सम्बन्धित शीर्षकहरु

इथियोपियामा सरकारी सेना र टिग्रे विद्रोही समूहबीच फेरि भीषण लडाइँ सुरु भएको छ। सरकारले विद्रोहीलाई छिमेकी देश इरिट्रिया र सुडानले…

अमेरिकी गुप्तचर संस्था सीआईएले रुसले स्पेन, इटाली र फ्रान्सलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्न सक्ने सम्भावनाबारे केही भूमध्यसागरीय देशलाई जानकारी…

अमेरिका र इरानबीच परमाणु कार्यक्रमलाई लिएर फेरि वार्ता हुने सम्भावना देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले परमाणु विषयमा ठोस…

प्रतिकृयाहरू
...