Thursday 22nd January 2026

मणिपुरमा पनि इसपेरो अनलाइनको आरम्भ


डा. हरिमोहन पोखरेल – कोहिमा /मणिपुर राज्यमा पनि सरकारी कर्मचारीहरूको उपस्थिति र उनीहरूको कार्यलाई निगरानीमा राख्नको लागि सरकारले इसपेरो (SPARROW )नामको एउटा नया अनलाइन शुरू गरेको छ ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार हिजोबाट शुरू भएको उक्त सेवाको उद्धाटन समारोहमा बोल्दै मुख्यमन्त्री एन बिरेनले भने कि यसबाट ज्येष्ठ कर्मचारीहरूले आफू भन्दा साना कर्मचारीहरूको कार्य पद्धति र उनीहरूको कार्यलाई रेख -देख गर्न ठूलो मदद पुर्याउने छ ।

उनले अगाडि थपे कि कतिपय सरकारी कर्मचारीहरू भने समयमा कार्यालयमा समयमा आई नपुग्ने तथा धेरै समयमा अनुपस्थित रहनेहरूको लागि एउटा निगरानीको काम गर्ने छ । यसले सरकारको कामलाई सहज रुपमा एउटा नया रास्ता देखाउने छ भन्दै मुख्यमन्त्री बिरेनले भने कि सबै कर्मचारीहरू समयमा आएर आफ्नो कर्तव्यलाई पूरा गर्ने छन भन्ने आशा गरेका छन।

स्मरण रहोस् मणिपुरमा धेरै पटक डाटा बेज रूपमा यस्तो खालको प्रयोग नगरेको होइन फेरि पनि यसपाली उठाएको सरकारको पहलले अवश्य पनि राहत पुर्याउने छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...