Sunday 28th April 2024

कुवेतमा होम डेलिभरी गर्नेका लागि अक्टोबरबाट नयाँ नियम, नियम नमाने लाइसेन्स खारेज गरिने


कुवेत-कुवेतको गृहमन्त्रालयले कुवेतमा होम डेलिभरी कम्पनीहरूको लागि ४ वटा नयाँ नियम लागू गर्ने भएको छ । कुवेतका होम डेलिभरी कम्पनीहरु तथा होम डेलिभरी गर्ने सवारी चालकहरुले निम्न मापदण्डहरू पालना गर्नु पर्ने भएको छ ।

१. अर्डर दिने सवारी साधनका चालकले खाद्य प्राधिकरणले जारी गरेको स्वास्थ्य प्रमाणपत्र(बलदिया कार्ड) अनिवार्य बोक्नुपर्ने ।
२. गाडी वा मोटरसाइकलमा कम्पनीको स्टिकर लगाउनु पर्ने ।
३. चालकको भिसा होम डेलिभरीमा काम गरिरहेको कम्पनीकै हुनु पर्ने ।
४. सवारी साधन/मोटरसाइकल चालकले युनिफर्म(पोशाक) लगाउनु पर्ने ।

यि नियमहरु १ अक्टोबर २०२२ देखि लागू हुनेछ। नियम अनी सर्तहरू उल्लङ्घन गरे उक्त सवारी चालकको सवारी चालक पत्र (लाइसेन्स) खारेज गरिने अरबटाइम्सले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

इलाम-२ को मतगणना गर्ने तयारी भइरहेको छ । मतपेटिका संकलनमा ढिलाई भएपछि मतगणना कार्य आज हुने भएको हो । यस…

कुवेत-नेपालका प्रथम शहिद क्याप्टेन लखन थापा मगरको स्‍मृतिमा मगर संघ शाखा कुवेतले सन् २०१४ देखी सञ्चालनमा ल्याएको शहिद लखन थापामगर…

पञ्चाङ्ग सङ्ख्या : कम्तिमा १ प्रशिक्षक : ----------- रामराजा के.सी. नारायण प्रसाद निरौला भाषा शुद्धीकरण ------------------------- चन्द्रावती अधिकारी चित्र सङ्कलन…

प्रतिकृयाहरू
...