डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा मणिपुरी भाषाले संविधानको आठौं अनुसूचिमा गाभिएको दिनलाई भाषा मान्यता दिवसको रूपमा मनाएको छ ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार राज्यका मुख्यमन्त्री एन बिरेनले भने कि हामीहरूले युवा पुस्तालाई हाम्रो अतितको इतिहास, त्याग र बलिदानको ऐतिहासिक कुराहरूलाई साहित्यमा लेख्ने प्रेरणा दिनु पर्दछ । उनले अगाडि भने कि हाम्रो गौरवमय इतिहास कतिपय युवा पुस्तालाई थाहा नै छैन ।हामीले भाषा संग्रामीहरूलाई पनि उनीहरूले भाषा प्रति गरेको माया र विश्वासलाई बचाएर राख्नु पर्ने हुन्छ ।
मुख्यमन्त्रीले अगाडि थपे कि मणिपुरी भाषा प्रति शोध र संवर्द्धन गर्ने समय आएको छ ।
यसको लागि युवा पुस्तालाई अगाडि बढाउनुपर्छ ।जसले एउटा अलग्गै इतिहास कोरने छन ।
स्मरण रहोस नेपाली, मणिपुरी र कोंकणी भाषाले हिजोकै दिन मान्यता पाएका थिए ।
—
कोहिमा नागालैंड भारत ।।