Sunday 13th July 2025

पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला:- बयालिसौँ भाग (४२)


“पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार”
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/०४/२४
……………………………….
प्रशिक्षक:-
रामराजा के.सी.
नारायण प्रसाद निरौला

भाषा शुद्धीकरण सुझाव :-
चन्द्रावती अधिकारी

सङ्कलक :- सविता के.सी.

सहजकर्ता :-
(महासचिव)
रामराजा के. सी.

======================

अनुप्रास:- अङ्ग, भङ्ग, ढङ्ग, दङ्ग, उमङ्ग, प्रसङ्ग/झसङ्ग आदि मिल्दो ।

स्थायी :- मिल्ने खालको ।

अक्षर संख्या :- आफूलाई सजिलो हुने गरी ।

=======
पञ्चाङ्ग सङ्कलन गर्न सजिलो हुने भएकाले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नुहुन अनुरोध छ ।

पञ्चाङ्ग १

गद्दारीको गोपनीयता पनि भङ्ग भयो आज
मनको कीरा मरेको ठानेर दङ्ग भयो आज
नजानेर सम्हालिन विचार लरबराए छन्
आफ्नो लागि आफैँ मात्र विशिष्ट अङ्ग भयो आज
नगर्नु गरी देखेर दैलो झसङ्ग भयो आज ।

सविता के.सी., काठमाडौँ ।

पञ्चाङ्ग २

हेर्न आँखा नै अङ्ग छ ।
तर आखिरी भङ्ग छ ।
तिम्रो सोच तिम्रो बानी,
देखेर मन दङ्ग छ ।
कसरी भनौँ रङ्ग छ ।

– आर्त अकुलीन, कैलाली

पञ्चाङ्ग ३

सबैलाई प्रयोग गरी चिनिन पाएकोमा, ऊ दङ्ग छ
खोल्ची जम्मा गरेर नदी बनेकोमा, उसमा उमङ्ग छ
अझै आधिकारिकताको प्रसङ्ग झिक्दा पश्चाताप छैन,
केही नबोलौँ यो मन भन्छ तर बोल्नै पर्ने, प्रसङ्ग छ,
कहिले बुझ्लान् ! सिर्जनामा सबैको मेहनतको अङ्ग छ ।

केशव न्यौपाने, नुवाकोट ।

पञ्चाङ्ग ४

बाहिरी संसार हेर्दा कति रङ्ग छ
हेरेर ती आँखा अझ कति दङ्ग छ
दृष्टिबिहिन म रमिता बनेको छु
कसैको त त्यो दृष्टि पनि बेढङ्ग छ
बलियो उहि छ जस्को सबै अङ्ग छ!

पशपती राई, खोटाङ ।

पन्चाङ्ग ५

झाले माले गोरु सबै ,,सङ्ग हुन बेर छैनन्
हाम्रो देशको स्थिति नै भङ्ग हुन बेर छैनन्
लुट्ने खेलको धन्दा चल्छ नजिकियो चुनाव
पद भन्ने यिन्का ठूलो अङ्ग हुन बेर छैनन्
फेरि कुर्सी पाए यिन्ले दङ्ग हुन बेर छैनन्

अन्चल बान्तवा अन्चल
छैमले ८ दक्षिणकाली ।

पञ्चाङ्ग ६

तिम्रै हो भनेकीले साथ छोड्यो किन दङ्ग छ
ऊ गएदेखि नै मेरो जिन्दगी त भता भङ्ग छ
गल्ती मेरो हो गरिब भएर धनीसँग प्रेम गर्नु
किन नछुटोस् अचेल त प्रेम औकातसंग छ
मेरो जिन्दगी बिजोक छ उसको उमङ्ग छ

हेमराज महरा,
रोल्पा नगरपालिका ५ रोल्पा हाल इंडिया

पञ्चाङ्ग ७

गरिबको भलो सोच्ने कुनै अङ्ग भएन
व्यवस्था फेरियो तर मन दङ्ग भएन
हरेक दिन चल्छ गोष्ठी सेमिनार माथि
तर ती गरिबको मुद्दा प्रसङ्ग भएन
ती मुहारमा हाँसो र मन चङ्ग भएन ।

वसन्त अनुभव
घोराही, दाङ

पञ्चाङ्ग ८

डोकोको आँखा जस्तै तिम्रा त छेपारे अङ्ग अनेक थरी
आफ्नै मगज लुटायौ र त दुनियाँ दङ्ग अनेक थरी
तिम्रो मतमा मतदान गर्दिन, लोभी रहेछौ सर्दिन
सामल नयाँ खोज्ने तिम्रा भरौटे पतङ्ग अनेक थरी
विगलित मन पनि अचम्मको उमङ्ग अनेक थरी ।

✍️ प्रेम थापा “मन”

पञ्चाङ्ग ९

धन सम्पत्ति सधैँ सबैसँग हुँदैन
बिनासित्तैमा त कोही झडङ्ग हुँदैन
जे जस्तो काम छ आफैँ आफ पर्छ गर्नु
मान्छेहरूको काम गर्ने ढङ्ग हुँदैन
प्रकाशविना यहाँ कुनै रङ्ग हुँदैन ।

सरस्वती श्रेष्ठ इटहरी

पञ्चाङ्ग १०

राम्रै काम गरें भनी दङ्ग थिय‍ो
न मनमा दया न त ढङ्ग थियो
मै बाठो हूँ भन्ने ऊ जहिले पनि
रूप मात्र हेर्न मा उमङ्ग थियो
बुद्धि भने चै उसको भङ्ग थियो ।

चेतना पोखरेल, मोरङ ।

पञ्चाङ्ग ११

जीत र हार जीवनको एउटा अङ्ग भएको छ,
यसमा जिउने कलाको एउटा ढङ्ग भएको छ,
जसले गर्यो कर्म एकदिन फल पाउँछ उही
आलस्यले मानिसको सफलता भङ्ग भएको छ
कठिनाइसँग लड्दा ऊ हारेर दङ्ग भएको छ ।

Singer bishal
Kohalpur, banke

पञ्चाङ्ग १२

किन किन यहाँ हुन्छ झसङ्ग विश्वास छैन
धेरै कुरा ति भएपछि भङ्ग विश्वास छैन
कहिले के कहिले के कसरी पर्नु भर खै
गुमेको त्यो साख नहुँदा ढङ्ग विश्वास छैन
साख गुमेपछि उठ्छ तरङ्ग विश्वास छैन ।

निर्मला सुवेदी, बागलुङ ।

पञ्चाङ्ग १३
~~~~~~~~~~~~~~~~~~~~
प्रसङ्गले झसङ्ग छु झसङ्गमै दङ्ग छु
घमण्डले प्रमत्त भै उमङ्गमै दङ्ग छु
उद्दण्ड ती शिखण्डीका प्रचण्ड त्यो शक्तिले
अखण्डको प्रखण्डका प्रत्यङ्गमै दङ्ग छु
दुःसङ्गको प्रसङ्गका तरङ्गमै दङ्ग छु ॥
~~~~~~~~~~~~~~~~~~~~~~
गुणनिंधि घिमिरे दमक ।

पञ्चनङ्ग १४

पुराना कुरा सम्झेर झसङ्ग हुन्छु
अनायासै अभिनयमा दङ्ग हुन्छु
मनका चाेट लुकाउन पनि गाह्राे
कहिले आफैँ पनि म उमङ्ग हुन्छु
कहिले साेचेकाे काममा भङ्ग हुन्छु ।

मधुसूदन प्र घिमिर

पञ्चाङ्ग १५

हात पाखुरा बन्यो धन कमाउने ढङ्ग बनेन
श्रम पौरख बन्यो पैसा फलाउने अङ्ग बनेन
लक्ष्य पूरा गर्न हर्जा गर्ज के बन्यो बनेन के चै
गम्भीर स्थिति बन्यो फलामे मन झसङ्ग बनेन
जीवन रङ्गीन बन्यो अड्को र पीडा भङ्ग बनेन।

अच्युत घिमिरे-भुटान

पञ्चाङ्ग १६

बग्ने पानी र तलाउको, तरङ्ग फरक हुन्छ
वैंश छँदा र ढल्कदाको, उमङ्ग फरक हुन्छ
उमेरसँगै मान्छेका जान्छ व्यवहार बद्लीँदै
गफगाफहरुमा पनि, प्रसङ्ग फरक हुन्छ
त्यसकारण जीवन ज्युने, ढङ्ग फरक हुन्छ ।
**
चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके ।

पञ्चाङ्ग १७

मायाकाे नाटक गरि चुम्याै याैवन सारा अङ्ग तिमीले
दियाै धाेका आफैँले खाएका बाचा गरेर भङ्ग तिमीले
सधैँ भन्ने गर्थ्याै श्रीमान रिझाउने केही छैन ढङ्ग नि
एकाएक बाटाे बदली फ्लिममा झैँ पार्यौ दङ्ग तिमीले
छाेडेर गए पनि जीवन चलेकै छ उमङ्ग तिमीले ।

दुर्गा निरौला


सम्बन्धित शीर्षकहरु

नारायण कोइराला - गुलेली काव्य "लक्ष्य" को तानसेन पाल्पामा लोकार्पण भएको छ । शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान पाल्पाको आयोजना…

झापाली समाज कुवेत को छैटौँ अधिवेशन कुवेत मङ्गाफस्थित डिलाईट हलमा कार्यवाहक अध्यक्ष लिला पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाली…

जब हामी ब्रह्माण्डको सबैभन्दा अचम्मलाग्दो र रहस्यमय गाउँहरूको बारेमा कुरा गर्छौं, तब न्युट्रोन तारा सधैं शीर्षमा हुन्छ। यो आकारमा सानो…

प्रतिकृयाहरू
...