Thursday 10th September 2026

कुवेतमा अनुमति बिना फोटो/ भिडियो खिच्न नपाइने : गृह मन्त्रालय


बसन्त थापा – कुवेतस्थित गृहमन्त्रालयले सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडिओ खिच्न तथा उक्त तस्विर वा भिडियोलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी दिएको छ ।

गृहमन्त्रालयको साइबर अपराध विभागले गत बुधवार एक विज्ञप्ती जारी गर्दै सम्बन्धित व्यक्तिको अनुमतिबिना तस्बिर खिचेर र ‘भिडियो’ बनाएर निजलाई जानकारीनै नदिई अनुमतिबिना सामाजिक सञ्जालमा प्रकाशन गर्ने जोसुकैलाई प्रचलित कुवेतको कानूनबमोजिम कडा कारबाही गरीने गृहमन्त्रालयलाई उद्धत गर्दै अल-जरिदा दैनिकले जनाएको छ।

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा विभिन्न किसिमका भिडिओ तयार गरी सोही भिडियोलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो मन्त्रालयलाई प्राप्त भएको मन्त्रालयले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र…

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

अमेरिका र इरानबीचको सैन्य तनाव थप चर्किएको छ। अमेरिकी सेनाले मंगलबार इरानका पाँचवटा तेल ट्याङ्करमाथि आक्रमण गर्दा एउटा ट्याङ्कर डुबेको…

प्रतिकृयाहरू
...