Thursday 10th September 2026

सीता देवीको पर्यावरणीय कविताः आमाका आंसु


आमाका आंसु अनुहारभित्रनै सुके,
द्पद्प गरि आगो बलेको छ,
समयले जन्माएको सुखा पृष्ठ
पटपट गरि चिरिएको छ,
छर्पट्ट छन रहरहरु,
तातों हवामा शब्दहरु मौन छन,
दन्किएको छ हिजो आज
झुठो सम्बन्ध,
आशाहरु औलाएका छन
त्रासमा जनजीवन प्रभावित छन।
के पाउनु छ र?
घेराभित्र अनुभवहरु चटपटाएका छन,
रुख भन्ने खोई?
घर,महल र उद्योग सवत्र विद्यमान छन।
प्रदुषणले गर्दा पृथ्वी रुग्न बनी सको,
नानीहरु घरभित्र सीमित छन,
बाहिर दुषित दृष्टि।
अपरिचित परिवेशमा बसे जस्तो,
सांस पनि लामो हुन थालो,
अस्तव्यस्त संसार,
आंतकको डेरामा सपनाहरु,
मलिन मुहार,
आमाका आंसु
म हांसो कसो गरि?
दुषित वातावरणमा तर्सिएका चाहनाहरु,
अप्ठयारा प्रश्न अनि सृष्टि संकटमा,
युद्ध र क्षमताको दुराचारमा
भताभुंग्य मेरो पृथ्वी।
हरियोको अस्पष्ट आवरण
पर्यावरण केवल मात्र शब्द।
आमा का आंसु संकटमा म कसरी बाच्नु?
प्रकृति ध्वंस गरि विज्ञानको घुम्टो ओड़ी कसरी हांसु ??

सीता देवी,बिहपुरिया,
लखिमपुर, आसाम।


सम्बन्धित शीर्षकहरु

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र…

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

प्रतिकृयाहरू
...