Friday 23rd January 2026

मणिपुरमा कारगील विजय दिवस मनाइयो


डा. हरिमोहन पोखरेल, कोहिमा / मडिपुरमा कारगील विजय दिवस मनाइएको छ । कारगिल विजय दिवसको अवसरमा बोल्दै मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले काश्मिरको चीसो भन्दा चीसो ठाउँमा पनि भारतीय सेनाले पाएको विजय दिवस इतिहासमा अंकित छ भने ।
इंफालको फर्स्ट बटालियन मणिपुर राइफलको बेङकेट हलमा आयोजित सो कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले भने कि भारतीय सेनाले पाकिस्तानको विरुद्धमा जुन सर्जिकल स्टाइल सन 1999 मा गरेर सफलता पाएको छ त्यसको शब्दमा बयान गर्न सकिन्न ।
मुख्यमंत्रीले अगाडि थपे कि यस्तो खालको सराहनीय कार्य सेनाले भारतको विभिन्न लडाइमा गरेको छ र भविष्यमा गर्नुपर्दा हामीहरू पनि तयारीमा बस्नुपर्छ ।

उनले सैनिकहरूको बहादुरीलाइ सलाम गर्दै भने कि यस्तो चीसो भन्दा चीसो ठाउँमा पनि नया तकनीकि अनपाएर जीत हासिल गर्नु चानचुने कुरा चाहिं होइन । यसबाट पाकिस्तानले पाठ सिक्चान नसक्नु चाहिँ नराम्रो कुरा हो, मुख्यमन्त्री सिंहले थपे ।
कार्यक्रममा बाक्लो मात्रामा सेना र पुलिसका अधिकारीहरू उपस्थिति थियो ।

स्मरण रहोस आजकै दिन भारतले पाकिस्तान माथि जीत हासिल गरेको थियो जसमा शहीदहरूलाई प्रत्येक वर्ष सम्झना गर्ने गरिन्छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

प्रतिकृयाहरू
...