Thursday 10th September 2026

मणिपुरमा कारगील विजय दिवस मनाइयो


डा. हरिमोहन पोखरेल, कोहिमा / मडिपुरमा कारगील विजय दिवस मनाइएको छ । कारगिल विजय दिवसको अवसरमा बोल्दै मणिपुरका मुख्यमंत्री एन बिरेन सिंहले काश्मिरको चीसो भन्दा चीसो ठाउँमा पनि भारतीय सेनाले पाएको विजय दिवस इतिहासमा अंकित छ भने ।
इंफालको फर्स्ट बटालियन मणिपुर राइफलको बेङकेट हलमा आयोजित सो कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले भने कि भारतीय सेनाले पाकिस्तानको विरुद्धमा जुन सर्जिकल स्टाइल सन 1999 मा गरेर सफलता पाएको छ त्यसको शब्दमा बयान गर्न सकिन्न ।
मुख्यमंत्रीले अगाडि थपे कि यस्तो खालको सराहनीय कार्य सेनाले भारतको विभिन्न लडाइमा गरेको छ र भविष्यमा गर्नुपर्दा हामीहरू पनि तयारीमा बस्नुपर्छ ।

उनले सैनिकहरूको बहादुरीलाइ सलाम गर्दै भने कि यस्तो चीसो भन्दा चीसो ठाउँमा पनि नया तकनीकि अनपाएर जीत हासिल गर्नु चानचुने कुरा चाहिं होइन । यसबाट पाकिस्तानले पाठ सिक्चान नसक्नु चाहिँ नराम्रो कुरा हो, मुख्यमन्त्री सिंहले थपे ।
कार्यक्रममा बाक्लो मात्रामा सेना र पुलिसका अधिकारीहरू उपस्थिति थियो ।

स्मरण रहोस आजकै दिन भारतले पाकिस्तान माथि जीत हासिल गरेको थियो जसमा शहीदहरूलाई प्रत्येक वर्ष सम्झना गर्ने गरिन्छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

बेलायत, फ्रान्स, क्यानडा लगायत १२ देशले वेस्ट बैंकस्थित इजरायली बस्तीबाट हुने व्यापारमा प्रतिबन्ध लगाएका छन्। यसको जवाफमा इजरायलले पूर्वी जेरुसेलमस्थित…

पूर्वी युक्रेनको महत्वपूर्ण सहर क्रामाटोर्स्क तर्फ रुसी सेना बिस्तारै नजिकिँदै गएको छ। युक्रेनी अधिकारीहरूका अनुसार सहरमा दैनिक रूपमा बम र…

यमनका हुथी विद्रोहीहरूले साउदी अरेबियाका केही तेल तथा सैन्य केन्द्रहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेका छन्। हुथीहरूले यो आक्रमण साउदी…

प्रतिकृयाहरू
...