बि. आर. उप्रेती – बारा जिल्ला जीतपुर सिमरा उप महानगरपालिका वडा नं.१६ मा पर्ने सखुवाघाटमा १६ नं. वडा कार्यालय रहेको छ । उत्तरतर्फ १ कि.मी. कटेपछी पुर्व-पश्चिम महेन्द्र राजमार्ग अवस्थित छ। यस राजमार्गबाट पथलैया निजगढ पुर्वतर्फ तथा जिल्लाको सदरमुकाम कलैया तर्फ जान आउन सुविधायुक्त यातायात छ। यस सखुवाघाटको पश्चिम उत्तरतर्फ मनमोहक हरियाली अनि दक्षिणतर्फ महेन्द्रनगर गाउँ छ । यहाँ पशु भेटनरी, खाने पानी उपभोक्ता समिति , स्वास्थ्य चौकी, जनहित सहकारी संस्था, साना किसान सहकारी संस्था जस्ता संघ संस्थाका कार्यालयहरु छन् । सखुवाघाटको पुर्वतर्फ पिलुवा गाउँ अवस्थित छ। यस गाउँमा नेरूडे लघुवित्त वित्तीय संस्था लि., शसस्त्र प्रहरी ४० नम्बर रिजर्भ गण छ। हज्जारौं शसस्त्र प्रहरीहरुको तालीम केन्द्र भएकोले यो गाउँ रमाइलो देखिन्छ । यही पिलुवामा बारा एकेडेमी नामक इग्लिस बोर्डिङ स्कुल छ, यहाँ बालबालिकाको लागि सम्पूर्ण आवश्यक सुविधा सम्पन्न विद्यालय भएकोले हजारौं विद्यार्थीहरु अध्ययन गर्छन् ।
यसरी वरिपरि उपरोक्त अनुसार हरियाली, सबै जातजाति सद्भावका साथ बसोबास भएको र मुख्यत कृषि व्यवसाय भएतापनी केही युवाहरु वैदेशिक रोजगार र कति युवाहरु त स्वदेशमा नै आ-आफ्नो क्षमता, ज्ञान, सीप अनुसारका काम गर्दै आएका छन् । यो सखुवाघाट्मा जनजागृती उच्च माध्यमिक विद्यालयमा हजारौं विद्यार्थीहरु अध्ययन गर्छन् । यो विद्यालय निकै पुरानो मानिन्छ । महेन्द्रनगर, पिलुवा, सखुवाघाट गाउँमा स्ल्याप ढलान, पिच रोड र ठाउँ ठाउँमा होटल, स्टेसनरी, किराना दोकानहरुको चहलपहल र व्यापारीहरु आ-आफ्नो व्यवसाय, आयात निर्यातमा व्यस्त हुन्छन् । यसै सखुवाघाटको पुर्वतर्फ पिलुवाको माथिल्लो भागको उत्तरतर्फ पुर्व-पश्चिम महेन्द्र राजमार्ग र भद्रकाली चोक देखि दक्षिण कलैया सदरमुकाम जोड्ने यातायातको व्यवस्था छ। सखुवाघाटको उत्तर पुर्वतर्फ पिलुवागाउँको उत्तरतर्फ लगभग ३/४ बिगाहा क्षेत्रफलमा पिस पार्क निर्माणधिन अवस्थामा छ। यो पिसपार्क ब्यबस्थापक श्री गुणराज भाइ जी, मैया बहिनी र पार्वती बहिनी जीको अगुवाइमा स्थानीय जनता एवं जनप्रतिनिधिको अथक प्रयासबाट निर्माणाधीन विभिन्न भौतिक संरचनाहरुले पर्यटकहरुको मनै आकर्षण बनाउँछ। अझै यस (पिसपार्क) को गुरु योजना बमोजिम अन्य विविध संरचनाहरु बन्दै छ। यो ( पिसपार्क) निर्माणकार्य पुरा भइ सक्दा बारा जिल्ला मात्रै नभई स्वदेशी तथा विदेशी पर्यटकहरु आवागमन अत्यधिक हुनेछ। यसै पिसपार्कको उत्तरतर्फ बौद्ध धर्म सम्प्रदायको गुम्बा अवस्थित छ भने दक्षिण तर्फ राम्जी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र श्री कृण्ण प्रणामी धर्म सम्प्रदायको कृष्ण मन्दिर पनि छ । यो मन्दिर हालै बृहत निर्माणकार्य धमाधम भइ रहेको छ।अझै यो भन्दा महत्त्वपूर्ण कुरा सखुवाघाटबाट करिब डेढ दुई किलोमिटर पुर्वतर्फ दक्षिण एसियाकै ठुलो मध्यको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य प्रारम्भिक अवस्थामा छ। यसै विमानस्थलको पुर्वाधारको रुपमा रहेको फास्ट ट्र्याकको निर्माण कार्य धमाधम भइरहेको छ।
यसरी यो सखुवाघाट स्थित जीतपुर सिमरा उप म.न.पा. १६ नम्बर वडा कार्यालय भएकोले वडाबासीहरुले वडाबाट पाउने सेवा सुबिधा प्राप्त गर्न सेवाग्राहीहरु आउने गर्दछन् । यसो हुँदा सखुवाघाटमा अरु बढी रमझम देखिन्छ ।
—
बारा, नेपाल
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()
![]()