Sunday 28th June 2026

मणिपुरमा मुख्यमंत्रीले गरे खेलाडीहरूलाई सम्मान


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेनले हिजो अन्तर्राष्ट्रिय स्तरमा उच्च खेल प्रस्तुत गरेर राज्य र राष्ट्रिय स्तरमा नाम रौशन गर्ने खेलाडीहरूलाई सम्मान गरेका छन् ।
मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार हिजो एक समारोहबिच मिक्स मार्सल आर्टमा राम्रो प्रस्तुति गर्दै विभिन्न पदक जित्नमा सफल हुने खेलाडीहरूलाई हौसला बढाए।
सम्मानित भएका खिलाड़ीहरूमा —
जो -जो राजकुमारी (स्टेरोवेट )
भेनी टीएच ( लाइटवेट )
लाइश्रम सुरबाला (बनटावेट )
खेलाडीहरूलाई संबोधन गर्दै मुख्यमन्त्रीले भने कि खेलको क्षेत्रमा विश्वकै पावरहाउस मानिने मणिपुरको प्रस्तुति कम छैन ।हाम्रा खेलाडीको मनोबल बढाउन सरकारले सक्दो प्रयास जारी राख्ने नै छ ।
उनले अगाडि थपे कि भविष्यमा अझै राम्रो प्रस्तुति विश्व सामु हुन सक्छ भने आशा र भरोसा राखे ।
स्मरण रहोस् मणिपुरले खेलको क्षेत्रमा विश्वमा एउटा अलग्गै इतिहास बनाएको छ ।जो सर्वविदित छ ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

भेनेजुएलामा दुई वटा शक्तिशाली भूकम्प आएपछि अहिलेसम्म कम्तीमा २३५ जनाको मृत्यु भएको छ र हजारौं घाइते भएका छन्। दोस्रो भूकम्प…

इरान र संयुक्त राज्य अमेरिका बीच युद्ध अन्त्य गर्ने उद्देश्यले भएको सम्झौतालाई इरानका प्रमुख वार्ताकार Mohammad Bagher Ghalibaf ले “अमेरिकाको…

कुवेतको लुलु हाइपरमार्केटले आफ्नो खुद्रा व्यापार यात्राको महत्वपूर्ण उपलब्धि हासिल गर्दै बहुप्रतीक्षित २५औँ वार्षिकोत्सव उत्सव सुरु गरेको छ। यस अवसरमा…

प्रतिकृयाहरू
...