Thursday 10th September 2026

मुख्यमंत्रीले गरे लमफेलपाटको भ्रमण


डा. हरिमोहन पोखरेल, कोहिमा/मणिपुर राज्यका मुख्यमन्त्री एन बिरेन आज इम्फाल पश्चिम जिल्ला अंतर्गत लमफेलपाट स्थित पोनी (घोडा) फार्मको भ्रमण गरेका छन् ।

मुख्यमन्त्री सचिवालयबाट प्राप्त समाचार अनुसार अनुसार मुख्यमन्त्री बिरेनले मणिपुरको पारंपरिक खेल पोलोको लागि पोनी (घोडा )को हेरचाह गरिनुपर्ने र उनीहरूको उत्थानको लागि विभिन्न पाइलाहरू चालिने कुरा पनि बताए ।

उनले अगाडि भने कि पोलो खेल मणिपुरको सबैभन्दा पुरानो खेल यसको उत्थानको लागि पोनी र खिलाडी दुवै नै स्वास्थ्य हुनु अति नै आवश्यक हुनुपर्ने कुरा पनि राखे ।
यसै भ्रमणमा उनले आफै पनि पोनीको सवारी गरे ।यस अवसरमा राज्यका सिविल र पुलिसका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

स्मरण रहोस् राज्यका मुख्यमन्त्री मणिपुरको सर्वाङ्गीण विकासको लागि निरंतर काम गरि रहेका छन जो आफैमा एउटा सराहनिय काम हो ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

प्रतिकृयाहरू
...