Tuesday 11th August 2026

वेश्यावृत्ति संचालन गर्ने अपार्टमेन्टहरूमा छापा, आवास कानुन उल्लंङ्घनकर्ताहरू पक्राउ


कुवेतमा वेश्यावृत्तिमा संलग्न रहेका व्यक्तिहरूको शंकास्पद अपार्टमेन्टमा छापा मारिएको छ । छापा मार्दा रंगेहात पक्राउ परेका पुरूष तथा महिलाहरूलाइ कानुनी कारवाहीको लागि सम्बन्धित निकायमा पठाइएको समाचार अरब टाइम्समा प्रकाशित भएको छ ।

समाचारमा बताइए अनुसार गृह मन्त्रालयले अरब, एसियाली र अफ्रिकी राष्ट्रियताका वेश्यावृत्तिमा संलग्न पुरुष र महिलाहरूलाइ पक्राउ गर्नुका साथै उनीहरूका साथबाट यौन उत्तेजना बढाउने अाैषधीहरू, यौन उपकरणहरू समेत बरामद गरेको छ ।

वेश्यावृत्तिको लागि प्रयोग गरिएको संदिग्ध अपार्टमेन्टहरूमा छापा मार्दा आवास कानुन उल्लङ्घन गर्नेहरू र भिसा म्याद सकिएको मानिसहरू समेत पक्राउ परेका छन् । उनीहरुलाई कानुनी कारबाही गर्न सम्बन्धित निकायमा पठाइएको छ ।

त्यस्तै जहारा गभर्नरेट अन्तर्गत विभिन्न देशका आवास उल्लङ्घन गर्ने २ जना फरार, भिसा म्याद नाघेका ३ जना र परिचयपत्र बिना नै ३ जना पक्राउ परेका छन् ।


सम्बन्धित शीर्षकहरु

नेपालले Pax Silica को औपचारिक Declaration मा हस्ताक्षर गरेर पूर्ण सदस्य बनेको प्रमाण अहिले उपलब्ध छैन। त्यसैले “नेपाल Pax Silica…

सिरियाका अपदस्थ पूर्वराष्ट्रपति बशार अल-असदलाई दमास्कसस्थित एक अदालतले मृत्युदण्डको सजाय सुनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। अदालतको निर्णयसँगै सिरियाको राजनीतिक भविष्य…

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाबाट बढ्दो सुरक्षा चुनौतीको सामना तथा युद्धकालीन सैन्य कमान्ड हस्तान्तरणको तयारीस्वरूप आगामी अगस्ट १७ देखि…

प्रतिकृयाहरू
...