Thursday 10th September 2026

अल असम मणिपुरी पिपुल्स कन्भेन्सन 2022 भव्य रूपमा सम्पन्न


डा. हरिमोहन पोखरेल , कोहिमा /अल असम मणिपुरी युवा संगठनको तत्वावधानमा अल असम मणिपुरी पिपुल्स कनभेनसन 2022 असमको सिलचरमा भव्य रूपमा संपन्न भएको छ ।
प्राप्त समाचार अनुसार मणिपुरका मुख्यमंत्री एन बिरेन सिहं मुख्य अतिथिको आसनबाट बोल्दै उनले भने कि असम र मणिपुरको संबंध अति नै प्राचीन रहेको छ ।
उनले अगाडि भने कि मणिपुरको सेनापति जिला अन्तर्गत मयाङखाङ भन्ने ठाउँमा असममा अहोम जातिहरू बसोबास गरेको कुरा जान्न पाइन्छ । यसरी नै असमका धेरै जसो ठाउँमा भने मणिपुरेलीहरूले बसोबासो गर्दै आएको र हाडछाला सरह बनेकोले एउटा ऐतिहासिक कार्य भइरहेको कुरा उनले बताए ।
विश्वका विभिन्न मुलुकमा बसोबासो गर्ने मणपुरीहरूको जमघट माझ उनले थपे कि विश्वमा हाम्रो मणिपुरी जातिले पनि सक्दो विकास र समृद्धिको बाटोमा अग्रसर रहदै योगदान गर्ने अपील गरे ।
उनले अगाडि असम सरकारलाई असमेली मणपुरीहरूको विकासको लागि पाइला उठाउने कुरा गरे ।
यस अवसरमा विविध साँस्कृतिक कार्यक्रमहरूको आयोजना पनि थियो ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...