Thursday 10th September 2026

आई एम (IM) र सरकारबीच बातचीत जारी


डा. हरिमोहन पोखरेल, कोहिमा /एउटा अति नै विश्वसनीय सूत्रबाट प्राप्त समाचार अनुसार नागालैंड सरकार र एनएससीएन ( आई एम ) बीच कडा रूपमा बातचीत चली रहेको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार सूत्रले जनाएको छ कि 2023 को विधान सभा चुनाव अगाडि नै नागा शान्ति वार्ताको स्थाई समाधान खोज्ने तथा राज्यमा शान्ति र सौहार्दपूर्ण माहौलको सृजना गर्ने तखरख पनि सरकारले पहल गरेको कुरा थाहा पाइएको छ ।
सूत्रबाट प्राप्त समाचार अनुसार राज्यको कोर कमिटीले आई एमका उच्चस्तरीय अधिकारीसँग कुराकानी गरेर माॅगमा राखिएको सांस्कृतिक ध्वजा र संविधानको कुरा भने राखिरहने कुरा पनि बताएको छ ।
कोर कमिटिका एकजना सक्रिय कार्यकर्ताले कोहिमामा बताए अनुसार अब नागा शान्ति वार्ताको स्थाई समाधान चाँडै हुने र क्षेत्रको विकास भने शीघ्र रूपमा हुने कुरा गरेका छन ।यो समाचार लेखुंजेल सम्म सरकार र आई एम बीच आगामी एकतीस मई सम्म जारी रहने नै छ।
स्मरण रहोस केन्द्र सरकार र नागालैड सरकार चाडै नै स्थाई समाधान खोजी रहेका छन ।कहाॅ सम्म सरकार सफल होला त्यो त आउने भविष्य नै बताउला ।।
—-
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

बङ्गलादेशमा फैलिएको दादुराको (मिजल्स) प्रकोपका कारण हालसम्म १,००२ बालबालिकाको मृत्यु भएको छ। मार्चदेखि सुरु भएको यो प्रकोपमा १ लाख ८७…

प्रतिकृयाहरू
...