Friday 2nd January 2026

काठमाडाैं महानगरको मेयरमा बालेन शाह भारी मतान्तरका साथ निर्वाचित


काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साह निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत प्राप्त गरी काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । उनले कांग्रेसकी सिर्जना सिंह(श्रेष्ठ) र एमालेका केशब स्थापितलाइ २३ हजार भन्दा बढि मतले हराएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी सिर्जना सिंहले ३८३४१ मत ल्याएकी छन् भने एमालेका केशव स्थापितले ३८ हजार ११७ मत ल्याएका छन् ।

महानगरमा एक लाख ९१ हजार जनाले मतदान गरेका थिए।त्यसमध्ये बालेनले सबैभन्दा बढी ६१,७६७ मत पाएको निर्वाचन आयोगले जनाएको छ।

महानगरको उप मेयरमा भने एमालेकी सुनिता डंगोल निर्वाचित भएकी छन् । डंगोलले ६८ हजार ६१२ ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

जलीब अल-शुयुख क्षेत्रमा विलासी सवारी साधनहरूको लापरवाह ड्राइभिङको घटना पछि धेरै एसियाली प्रवासीहरूलाई देश निकाला गरिएको समाचार आज को अरब…

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

प्रतिकृयाहरू
...