Sunday 25th January 2026

मणिपुरले मनायो एन्टी टेरोरिजम डे


डा. हरिमोहन पोखरेल,कोहिमा /मणिपुर राज्यले आज भारतका पूर्व प्रधानमन्त्री स्वर्गीय राजीव गान्धीको पुण्यतिथिको अवसरमा एन्टी टेरोरिजम दिवस मनाएको छ ।

प्राप्त समाचार अनुसार मणिपुर राइफल्सको बेङकेट हलमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री एन बिरेनले भने कि सन 1991 को दिन भारतका प्रधानमन्त्रीलाई तमिलनाडुको पेरेमबदूरमा सुसाइड बमर द्वारा हत्या गरिए पश्चात आजको दिनलाई एन्टी टेरोरिजम दिवस भनेर पालन गरिन्छ ।

उनले अगाडि भने कि संसारको कुनै पनि ठाउँमा हतियार उठाएर विश्व विजयी बन्न सकिँदैन ।शान्ति द्वारा नै हामीले ईश्वरको दिल सम्म जित्न सकिन्छ ।
यस अवसर राज्यका सिविल तथा अन्य पदाधिकारीहरूले एन्टी टेरोरिजम डे को शपथ लिए ।
स्मरण रहोस प्रत्येक वर्ष आजको दिन एन्टी टेरोरिजम डे मनाउने गरिन्छ ।

कोहिमा नागालैंड भारत ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सैन्य जहाजहरूको "विशाल बेडा" इरानतिर गइरहेको पुष्टि गर्दै उनीहरूले बल प्रयोग गर्नु नपर्ने आशा दोहोर्‍याए।…

पाल्पाको पश्चिमी पहाडमा पर्ने रैनादेवी छहरा गाउँपालिका–२। बिहान सबेरै कुहिरोले ढाकिएको चौर, वरिपरि हरिया डाँडाकाँडा, र सीमित सम्भावनाबीच हुर्कँदै गरेका…

लुलु हाइपरमार्केट कुवेतले बेलायतको कृषि तथा बागवानी विकास बोर्ड (AHDB) र व्यापार तथा व्यापार विभाग (DBT) सँगको सहकार्यमा सुरु गरिएको…

प्रतिकृयाहरू
...