Friday 20th March 2026

मणिपुरमा भाजपा सरकारको ‘वार अफ ड्रग्स’ कार्यक्रम


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा दोस्रो पल्ट भाजपाले सरकारमा आए पश्चात विभिन्न प्रकारका गतिविधि शुरू गरेको छ ।जसमा वार अफ ड्रग्स पनि एउटा हो ।यस अन्तर्गत मणिपुरमा नशा र लागूपदार्थको पूर्ण रूपमा मुक्ति पाउदै राज्यलाई यस क्षेत्रमा सधैंभरिका लागि मुक्त गराउनु हो ।

गतः एक महिना अगाडि देखि राज्यका मुख्यमन्त्री एन षिरेनले जम्मै जिल्ला र गाउँ–गाउँमा भ्रमण गरेर नशाबाट मुक्ति गराउनको लागि गाउँबुढा, बोडा सदस्य र स्वयंसेवी संस्थाका विभिन्न पदाधिकारीहरू संग विचार विमर्श गर्दै यसबाट मुक्ति दिलाउन ठूलो प्रयास गरिरहेको जान्न पाइन्छ ।

आज नशाले गर्दा कतिपय घरपरिवार उजाडिएको देखता हाम्रो ऑखाबाट ऑसु झर्नुपर्ने कुरा पनि उनले बताएका छन।

सरकारले आर्थिक स्थिति कमजोर भएकोलाई एउटा नया पहल त गर्नुपर्ने हो ।फेरि पनि त्यस भेकमा गरीबीले नछोडिनु चाहिं एउटा अलग्गै कुरा रहेको छ ।अवश्य पनि यो पूरा होला फेरि पनि वार अफ ड्रग्सको कार्यक्रमलाई सफलता दिनु भाजपा सरकारको एउटा अब्बल पाइला हो भन्दा फरक नपर्ला ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

क्षेत्रीय तनावको बढ्दो छायाँबीच Kuwait Council of Ministers को पछिल्लो बैठकले स्पष्ट संकेत दिएको छ—कुवेत आफ्नो सुरक्षा, सार्वभौमसत्ता र आन्तरिक…

मध्यपूर्व अहिले फेरि एकपटक अस्थिरताको खतरनाक मोडमा उभिएको छ। हालै International Atomic Energy Agency (IAEA) ले सार्वजनिक गरेको जानकारी अनुसार…

काठमाडौं— गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनबाट कुवेतका समाजसेवी तथा व्यवसायी सुजन के.सी. सचिव पदमा…

प्रतिकृयाहरू
...