Monday 15th December 2025

मणिपुरमा भाजपा सरकारको ‘वार अफ ड्रग्स’ कार्यक्रम


डा. हरिमोहन पोखरेल, कोहिमा /मणिपुरमा दोस्रो पल्ट भाजपाले सरकारमा आए पश्चात विभिन्न प्रकारका गतिविधि शुरू गरेको छ ।जसमा वार अफ ड्रग्स पनि एउटा हो ।यस अन्तर्गत मणिपुरमा नशा र लागूपदार्थको पूर्ण रूपमा मुक्ति पाउदै राज्यलाई यस क्षेत्रमा सधैंभरिका लागि मुक्त गराउनु हो ।

गतः एक महिना अगाडि देखि राज्यका मुख्यमन्त्री एन षिरेनले जम्मै जिल्ला र गाउँ–गाउँमा भ्रमण गरेर नशाबाट मुक्ति गराउनको लागि गाउँबुढा, बोडा सदस्य र स्वयंसेवी संस्थाका विभिन्न पदाधिकारीहरू संग विचार विमर्श गर्दै यसबाट मुक्ति दिलाउन ठूलो प्रयास गरिरहेको जान्न पाइन्छ ।

आज नशाले गर्दा कतिपय घरपरिवार उजाडिएको देखता हाम्रो ऑखाबाट ऑसु झर्नुपर्ने कुरा पनि उनले बताएका छन।

सरकारले आर्थिक स्थिति कमजोर भएकोलाई एउटा नया पहल त गर्नुपर्ने हो ।फेरि पनि त्यस भेकमा गरीबीले नछोडिनु चाहिं एउटा अलग्गै कुरा रहेको छ ।अवश्य पनि यो पूरा होला फेरि पनि वार अफ ड्रग्सको कार्यक्रमलाई सफलता दिनु भाजपा सरकारको एउटा अब्बल पाइला हो भन्दा फरक नपर्ला ।

कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स सन् १९५८ मा स्थापना भएर देशको पहिलो राष्ट्रिय ध्वजावाहक एयरलाइन्सको रूपमा उदाएको थियो। त्यसबेलाको गौरवशाली…

बंगलादेश सेनाले भनेको छ कि सुडान र दक्षिण सुडान बीचको विवादित क्षेत्र अबेईमा रहेको संयुक्त राष्ट्रसंघको बेसमा भएको "आतंकवादी" आक्रमणमा…

तीतोपाटी – कुवेतको नेपाली समाजमा विभिन्न संघ संस्थाहरू खुल्ने क्रममा गोरखा समाज कुवेतको पनि गठन भएको छ भने समाजको प्रथम…

प्रतिकृयाहरू
...