Thursday 10th September 2026

मुख्यमंत्री रियोले गरे कलाकारहरूको सम्मान


डा. हरिमोहन पोखरेल, कोहिमा/अमेरिकन औडियो म्यूजिकल कंपनी (SHURE )को तत्ववधानमा मुख्यमंत्री श्री नेफयू रियोले आज आफ्नै निवास स्थान कोहिमामा नागालैंडका पाॅच जना कलाकारहरू सम्मान गरेको समाचार प्राप्त भएको छ ।
मुख्यमन्त्रीले सम्मान गरेका कलाकारहरूमा —
अबोलो नागा –गीतकार
तेसतो सिस्टर –लोक कलाकार
डेविड सुनार –डमर
इमलेङढा जमीर –गीतकार
अबोलो नागा –लोक कलाकार
मुख्यमंत्री रियोले भने कि म्युजिक पनि एउटा पेशा भएकोले गर्दा आज हामीले कलाकारहरू सम्मान गर्न पाउनु खुशीको कुरा हो ।यसमा अमेरिकी कम्पनीले सहयोग दिएर मान बढाएको छ ।हामी गर्व गर्छौ कि हाम्रा कलाको मूल्याङ्कन भएको छ ।
मुख्यमन्त्रीले अगाडि थपे कि मयूजिकलाई पेशा बनाएर प्रेरणाको रूपमा आउने सा -साना नानीहरूले भविष्यमा नागालैंडको नाम रौशन गर्ने छन ।
स्मरण रहोस् अमेरिकी कम्पनी सूरे ( SHURE )द्वारा पहिलो पटक नागालैंडका कलाकारहरू सम्मानित भएका हुन।यो एउटा बेग्लै इतिहास हो ।
—-
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...