Friday 11th July 2025

नागा मदर एसोसिएशनले गर्यो सरकारलाई अपील


डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड इन सर्विस डाक्टर एसोसिएशनले आफ्नो विभिन्न माॅगहरू सरकारलाई राखे पश्चात सरकार द्वारा पूरा नगरेको कारण गतः तीन दिन देखि चली राखेको सिज वर्क स्ट्राइकलाई चाँडो भन्दा चाँडो समाप्त गरेर ठोस कदम उठाउन सरकारलाई अपील गरेको छ ।

नागा मदर एसोसिएसन द्वारा जारी विज्ञप्ति अनुसार सरकारले समयमा सीएमओ देखि तलका कर्मचारीहरूलाई समयमा तलब नदिएको तथा अन्य मागहरू समेत पूरा नगरेको कुरा पनि विज्ञप्तिले स्पष्ट पारेको छ ।

विज्ञप्तिले अझै अगाडि जनायो कि यथाशीघ्र केबिनेटको बैठक राखी सरकारले ठोस निर्णय नलिएको खण्डमा मदर एसोसिएशनले गणतान्त्रिक रूपमा अलग्गै पाइला उठाउने कुरा पनि गरेको छ ।

हेर्दै जाऔ सरकारले कस्तो निर्णय लिन्छ त्यो त आउने भविष्य नै बताउला ।

स्मरण रहोस् गतः सातादेखि नागालैंड इन सर्विस डाक्टर एसोसिएशन हडताल गर्दै आएको छ ।
—-
कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

अमेरिकाले इजरायलमा फराकिलो सैन्य निर्माण पहलको निरीक्षण गरिरहेको छ, जसको मूल्य १.५ अर्ब डलरभन्दा बढी छ र यो परियोजना पूर्ण…

कुवेत, अगस्ट १५ – विश्वभरि आदिवासी समुदायहरूको पहिचान, अधिकार र संस्कृतिको संरक्षण र प्रवर्द्धनको उद्देश्यले मनाइने ३१ औं विश्व आदिवासी…

तितोपाटी-अखिल नेपाल फुटबल संघ (एन्फा) र महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डबीच बिबाद झन् बढेको छ । एन्फाले…

प्रतिकृयाहरू
...