Saturday 16th May 2026

स्रष्टा परिचयको साथमा एक रचना, भाग – १८


स्रष्टा परिचय

नाम ः तोयानाथ सुवेदी
जन्ममिति २०१७/११/०७
पिता- डिल्लिप्रसाद सुवेदी
माताः- पद्म कुमारी सुवेदी
जन्मस्थल ः ओखलढुङ्गा नर्मदेश्वर-१
लिखु गाउँपालिका
हाल- कागेश्वरी मनोहरा-९ काँडाघारी काठमाडौ

शिक्षाः वि एल नेपाल ल क्याम्पस
सेवा – नेपाल आर्मीमा २०३५/१०/०२ देखि २०५२/१०/३० सम्म
पुनः
सैनिक कल्याकारीमा करार सेवा -२०६१/०१/०१ देखि २०६७ चैत मसान्तसम्म

संलग्नताःपञ्चाङ्ग र शीत काव्य समाज।

सम्मान -नेपाली साहित्यकार विश्व सञ्जालको विश्वव्यापी गजलप्रतियोकगिता र सुदुरपश्चिम मलेशिया साहित्यिक संस्थाले आयोजना गरेको कविता वाचनमा सान्त्वना पुरस्कार तथा अन्य साहित्यिक संस्थाबाट
करिब १ दर्जन भन्दा बढी प्रमाणपत्रहरू

प्रकाशित कृतिहरू
१ . गीति भागवत भाग- १
२ स्वस्थानी ३१ अध्याय गीति लयमा
३ बाल कविता संग्रह भविष्यका कणर्धार
४. विष्णु सहस्र नामको कविता नेपालीमा
५. प्रेमिला गजल

प्रकाश उन्मुख कृतिःचरित्र खण्ड काव्य

रचना
नयाँ साल (गीत)

दुई हजार उनान्असी साल घुम्दै आयो
नेपालीका मन भित्र खुसीयाली छायो
वैशाखले नयाँ बोक्छ चैत्र हुँदा थोत्रो
मानिसका मन भित्र घुम्छ यस्तै कोक्रो
धर्ती उस्तै आकाश उस्तै,हिजो जे थ्यो त्यै देख्छौँ दुरुस्तै

विधि जे छ समयको गतिले नै चल्छ
घाम सुस्त उदाउँदा रात उसै ढल्छ
दिन दिन प्रकृतिको दोहन हुँदै गयो
गरिबको हाल झनै बिग्रिएर गयो
के भनौँ खै नयाँ र पुरानो,बित्दैै जाँदा त्यै हुन्छ विरानो

नयाँ वर्ष लाग्नासाथ दुर्भावना जति
हट्दै गई मानिसको राम्रो बनोस् मति
राज्य हाँक्ने शासकले जनताको सेवा
भन्दै ठग्दै खाने नहोस् राज्यकोष मेवा
नेपालको विकास गरेर,बसुुन् नेता अगाडि सरेर

दीन दुःखी गरिबले राम्रो रोजगार
स्वदेशमा कर्म गर्दा चलोस् घरबार
विदेशीको पाउ मोल्न नपरोस् है जान
दुई छाक हाँसीखुसी पाईयोस् नि खान
अब लाग्ने यो नयाँ वर्षले,सबैलाई राखोस् है हर्षले
सबैको होस् स्वच्छन्द भावना,सबैलाई छ शुभकामना


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...