Thursday 23rd July 2026

सापोले केही दिनको लागि दियो छुट


डा. हरिमोहन पोखरेल, कोहिमा / साउदन अंगामी पीपुल्स ओरगनाइजेशन (सापो )ले गतः एकाइस मार्चबाट गरेको बन्दलाई केही दिनको लागि छुट दिएको समाचार प्राप्त भएको छ ।
प्राप्त समाचार अनुसार सापोलाई नागालैंड पोस्ट तथा टिमिनयु छात्र संगठन द्वारा गरिएको अपीलको फलस्वरुप नै बन्द खोलेको हो ।

समाचारले जनाएको छ कि आगामी अप्रैल आठ तारीख सम्म मणिपुर -नागालैंड सीमामा कुनै प्रकारको झमेला रहने छैन ।

सापोले आफ्नो विज्ञप्तिमा पनि जनाएको छ कि मणिपुर सरकारले चाडै नै आफ्नो सीमाबाट सेनाहरू हटाउन सफल होस ।यदि समय सीमा भित्र सो कार्य नगरे फेरि पनि बन्द गरिने छ ।
स्मरण रहोस् सापोले गरेको बन्दले मणिपुर र नागालैंडको दुवै राज्यहरू पीढ़ित छन ।जसको असर सामान्य जनतामा नपरेको होइन ।

कोहिमा नागालैंड भारत


सम्बन्धित शीर्षकहरु

भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन टिस्टा स्टेज–६ जलविद्युत् आयोजनाको सुरुङभित्र भएको भीषण मिथेन ग्यास विस्फोटपछि मृत्यु हुनेको संख्या २० पुगेको…

अफ्रिकी राष्ट्र बुर्किना फासोका अन्तरिम राष्ट्रपति क्याप्टेन इब्राहिम ट्राओरे फेरि एकपटक विवादको केन्द्रमा आएका छन्। यसपटक उनको नयाँ मोर्चा कुनै…

बेलायतका नयाँ प्रधानमन्त्रीले बढ्दो महँगीबाट प्रभावित नागरिकलाई राहत दिने उद्देश्यले बिजुलीमा लाग्दै आएको भ्याट हटाउने र बस भाडा घटाउने घोषणा…

प्रतिकृयाहरू
...