Monday 18th May 2026

राज्यपालको सम्बोधनको साथ नागालैंड विधानसभाको बजेट सत्र शुरु


डा. हरिमोहन पोखरेल, कोहिमा / महामहिम राज्यपाल प्रो. जगदीश मुखीको सम्बोधनको साथ नागालैंड विधान सभाको बजेट सत्र हिजोबाट शुरु भएको समाचार प्राप्त भएको छ ।

विधानसभामा सम्बोधन गर्दै महामहिम राज्यपालले भने नागाहरूको राजनैतिक स्थाई समाधानको लागि सबै जनताहरूले नै आफ्नो सोच विचार बदल्नुपर्ने छ ।
उनले अगाडि भने कि लगातार प्रयास जारी नै रहे पनि आपसी तालमेल नबनेकोले गर्दा नै नागाहरूको स्थाई समाधान भएको छैन ।त्यसको लागि सबै तह तप्काबाट प्रयास जारी राख्नुपर्ने छ ।
आफ्नो सम्बोधनमा उनले ओटिङ मामिलाको याद दिलाउदै भने कि ओटिङमा घटेको घटनाले सबै दुःखी छौ ।उनीहरूको पारिवारिक दुखमा हामी संगै उभियौ अनि फेरि पनि सरकारले सबैको क्षतिपूर्ति दिएको छ । यस्तो खालको घटना भविष्यमा नघटोस ।

राज्यको अहिलेको अबस्थाको कुरा गर्दै उनले भने कि कोभिड महामारीको समयमा हामीले सरकारले दिइने सहयोग सबै तप्काको मानिसहरूलाई दिएको हो । जसमा उल्लेख गर्न सकिन्न ।
राज्यको विकास र उन्नतिको कुरा गर्दै मुखीले भने कि यदि युवाहरू सक्रिय रूपमा जागरूक भए सरकारले खोलेका उन्नतिको बाटाहरूबाट सजिलै सफलता पाइन सकिन्छ ।
स्मरण रहोस् राज्यको बजेट सत्र आगामी एकतीस मार्च सम्म चल्ने छ जसमा सरकारले धेरैवटा बिलहरू पास गर्ने संभावना छ ।
—-
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

नेपाल र बेलायतलाई कला मार्फत जोड्ने उद्देश्यसहित लन्डनमा बसोबास गर्ने नेपाली कलाकार सूर्य दुदराजले स्थापना गरेको टाइमलेस प्यालेटले आफ्नो पहिलो…

ताईवान ले आफूलाई स्वतन्त्र, सार्वभौम र लोकतान्त्रिक शासन प्रणाली भएको राष्ट्रका रूपमा प्रस्तुत गर्दै आएको छ। ताइवानको आफ्नै संविधान, सेना,…

संखुवासभा/ किमाथांका पूर्वी नेपालको किमाथांका क्षेत्रमा पर्ने अत्यन्त दुर्गम हिमाली बस्ती हो, जहाँ अहिले सडक सञ्जाल पुगेपछि स्थानीयमा नयाँ आशा…

प्रतिकृयाहरू
...