Tuesday 27th January 2026

राज्यपालको सम्बोधनको साथ नागालैंड विधानसभाको बजेट सत्र शुरु


डा. हरिमोहन पोखरेल, कोहिमा / महामहिम राज्यपाल प्रो. जगदीश मुखीको सम्बोधनको साथ नागालैंड विधान सभाको बजेट सत्र हिजोबाट शुरु भएको समाचार प्राप्त भएको छ ।

विधानसभामा सम्बोधन गर्दै महामहिम राज्यपालले भने नागाहरूको राजनैतिक स्थाई समाधानको लागि सबै जनताहरूले नै आफ्नो सोच विचार बदल्नुपर्ने छ ।
उनले अगाडि भने कि लगातार प्रयास जारी नै रहे पनि आपसी तालमेल नबनेकोले गर्दा नै नागाहरूको स्थाई समाधान भएको छैन ।त्यसको लागि सबै तह तप्काबाट प्रयास जारी राख्नुपर्ने छ ।
आफ्नो सम्बोधनमा उनले ओटिङ मामिलाको याद दिलाउदै भने कि ओटिङमा घटेको घटनाले सबै दुःखी छौ ।उनीहरूको पारिवारिक दुखमा हामी संगै उभियौ अनि फेरि पनि सरकारले सबैको क्षतिपूर्ति दिएको छ । यस्तो खालको घटना भविष्यमा नघटोस ।

राज्यको अहिलेको अबस्थाको कुरा गर्दै उनले भने कि कोभिड महामारीको समयमा हामीले सरकारले दिइने सहयोग सबै तप्काको मानिसहरूलाई दिएको हो । जसमा उल्लेख गर्न सकिन्न ।
राज्यको विकास र उन्नतिको कुरा गर्दै मुखीले भने कि यदि युवाहरू सक्रिय रूपमा जागरूक भए सरकारले खोलेका उन्नतिको बाटाहरूबाट सजिलै सफलता पाइन सकिन्छ ।
स्मरण रहोस् राज्यको बजेट सत्र आगामी एकतीस मार्च सम्म चल्ने छ जसमा सरकारले धेरैवटा बिलहरू पास गर्ने संभावना छ ।
—-
कोहिमा नागालैंड भारत ।।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...