Tuesday 27th January 2026

नागालैंड स्कूल विभागले स्कुल ड्रेसको विषयलाइ लिएर दियो कडा निर्देश


डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यको स्कूल शिक्षा विभागले राज्यका सबै स्कूलहरूलाइ विद्यार्थीहरूले लगाउने यूनिफार्म (स्कूल ड्रेस )संबंधमा भएको गडबडी माथि कडा दिशा निर्देश गरेको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार राज्यका विभिन्न स्कूलहरूले प्राथमिक स्तरका विद्यार्थीहरूको ड्रेसलाई बेचेको र त्यसमाथि धेरै रकम नलगाउनु पर्ने कुरा गरेको छ ।
विभागले अगाडि जनायो कि धेरै जसो स्कूलहरूले विभागले दिएको ड्रेस कोड नमानेर जथाभाबी गरेको पाएमा त्यसको क्षतिपूर्ति सहित स्कूलहरूले वहन गर्नुपर्ने छ ।

विभागले अगाडि थप्यो कि यदि कुनै पनि स्कूलहरूले नानीहरूलाई निःशुल्क ड्रेस नदिएको पाइएमा पनि त्यसको सबै कुरा स्कुलका प्रमुखले बेहोर्नुपर्ने छ ।

स्मरण रहोस् नागालैंडमा स्कूलहरूमा ड्रेस कोडलाई धेरै अगाडिबाट चर्चा नचलेको होइन । फेरि पनि आज लापरबाही देखिनु भनेको पनि कत्रो लाजमर्दो कुरा हो भन्दा फरक नपर्ला । कहिले सम्म परिवर्तन आउला त्यो त आउने भविष्य नै बताउला ।


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...