Friday 11th September 2026

नागालैंड स्कूल विभागले स्कुल ड्रेसको विषयलाइ लिएर दियो कडा निर्देश


डा. हरिमोहन पोखरेल, कोहिमा / नागालैंड राज्यको स्कूल शिक्षा विभागले राज्यका सबै स्कूलहरूलाइ विद्यार्थीहरूले लगाउने यूनिफार्म (स्कूल ड्रेस )संबंधमा भएको गडबडी माथि कडा दिशा निर्देश गरेको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचार अनुसार राज्यका विभिन्न स्कूलहरूले प्राथमिक स्तरका विद्यार्थीहरूको ड्रेसलाई बेचेको र त्यसमाथि धेरै रकम नलगाउनु पर्ने कुरा गरेको छ ।
विभागले अगाडि जनायो कि धेरै जसो स्कूलहरूले विभागले दिएको ड्रेस कोड नमानेर जथाभाबी गरेको पाएमा त्यसको क्षतिपूर्ति सहित स्कूलहरूले वहन गर्नुपर्ने छ ।

विभागले अगाडि थप्यो कि यदि कुनै पनि स्कूलहरूले नानीहरूलाई निःशुल्क ड्रेस नदिएको पाइएमा पनि त्यसको सबै कुरा स्कुलका प्रमुखले बेहोर्नुपर्ने छ ।

स्मरण रहोस् नागालैंडमा स्कूलहरूमा ड्रेस कोडलाई धेरै अगाडिबाट चर्चा नचलेको होइन । फेरि पनि आज लापरबाही देखिनु भनेको पनि कत्रो लाजमर्दो कुरा हो भन्दा फरक नपर्ला । कहिले सम्म परिवर्तन आउला त्यो त आउने भविष्य नै बताउला ।


सम्बन्धित शीर्षकहरु

वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्र (लङ टर्म केयर सेन्टर) मा काम गर्न १,४६४ नेपाली कामदारका लागि आवेदन खुला…

यमनमा सरकार समर्थित सेना र हुथी विद्रोहीहरूबीचको युद्ध फेरि चर्किएको छ। यमन सरकारका अनुसार मध्य मारिब क्षेत्रमा हुथीहरूको गोलाबारीमा एक…

लगातार वर्षापछि आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न राजमार्ग र सडकखण्ड प्रभावित भएका छन्। काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ विस्पानी क्षेत्रमा…

प्रतिकृयाहरू
...