Friday 19th June 2026

बुलन्द आवाजले नेपालमा भेटायो कुवेतका ’असल यात्री’लाई


तीतोपाटी – आफ्नो परिवारको रोजीरोटीको लागि विदेश पलायन भएर कुवेतमा दशकौंदेखि श्रम गरिरहेका माधव पौडेल असल यात्री आफू स्वयं श्रमिक भएर पनि आफ्नो जन्मथलोमा धेरैलाइ सामाजिक र मानविय सहयोग गरेको विषय न्यूज२४ नेपालको बुलन्द आवाज कार्यक्रम मार्फत सार्वजनिक भएको छ । बुलन्द आवाज कार्यक्रमका प्रस्तोता राजन नेपालले सामान्य यात्रा तय गर्दै गरेका असल यात्रीको असामान्य कथा शीर्षकमा एउटा भिडियो कथा नै तयार पारेर न्यूज२४ नेपालको युटुब मार्फत सार्वजनिक गरेका छन् ।

न्यून ज्यालामा वैदेशिक रोजगारी गरेर पनि यति धेरै सामाजिक सेवाका कार्य गरेका उनी सफलताको शिखर चुम्दै हाल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत बाट आइसीसी सदस्य निर्वाचित भएका छन् भने कुवेतमा रहेर विभिन्न संघसंस्थाको समेत नेतृत्व गरिसकेका छन् । असल यात्रीले कुवेतमा रहेर पनि आफ्नो जन्मथलोमा रहेका विद्यालय देखि असक्त, गरीबगुरूवाहरूलाइ गरेको सहयोगले उनको उचाय अझ बढेको छ भने केही गरौं भन्ने मानिसलाइ धन होइन मन ठुलो बनाएर कर्म गर्ने चाहे असम्भव भन्ने केही छैन भन्ने प्रमाणित गरिदिएको छ ।
अन्य जानकारीको लागि तलको भिडियो हेर्नुहोला ।

 


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...