Sunday 15th February 2026

चीनले अावाज भन्दा ६ गुणा छिटो उड्ने विमान बनार्इ सफल परिक्षण गर्यो


तितोपाटी – चीनले आवाजभन्दा ६ गुणा बढी गति भएको आफ्नो पहिलो हाइपर सोनिक विमानको सफल परीक्षण सम्पन्न गरेको छ ।

सिङकङ–२ वा स्टारी स्काई–२ नाम दिइएको उक्त विमानले परमाणू अस्त्रहरु बोक्न सक्ने र विश्वमा अहिले निर्माण गरिएको कुनै पनि एन्टि मिसाइल डिफेन्स सिस्टमलाई छल्न सक्ने बताइएको छ।

चीनको उत्तरपश्चिम क्षेत्रमा गत शुक्रबार विमानको परीक्षण उडान सम्पन्न भएको चाइना एकेडेमी अफ एरोस्पेस एरोडाइनामिक्सले जनाएको छ।

यो विमानको रफ्तार आवाजको गतिभन्दा ६ गुणाले धेरै छ। शुक्रबारको परीक्षणमा विमानले प्रति घण्टा ७ हजार तीन सय ४४ किलोमिटरको गति तय गरेको थियो।

यो विमानले एक सेकेण्डमा २ दशमलव शून्य ४ किलोमिटरको दूरी पार गरेको थियो। जुन आवाजको गतिभन्दा ५ दशमलव ९ गुणाले छिटो हो।

यो विमानलाई मल्टी स्टेज रकेटको माध्यमबाट परीक्षण उडानका लागि आकाशमा छाडिएको थियो।

यो विमानमा चीनले वेभराइडर टेक्नोलजीको प्रयोग गरेको छ।वेभराइडर भएपछि हाइपरसोनिक विमानले लिफ्टिङका लागि आफ्नै शक वेभ्सहरु प्रयोग गर्ने गर्छ।

चाइना एकेडेमी अफ एरोस्पेस एरोडाइनामिक्सले विमानको गतिका अलवा विमानको हिट ब्यालेन्स थर्मल प्रोटेक्सन सिस्टमको समेत परीक्षण गरिएको जनाएको छ।

अमेरिका र रसियाले पनि यस्तै अनुसन्धान गरिरहेका छन्।


सम्बन्धित शीर्षकहरु

कुवेतस्थित किराती समुदायको साझा संस्था किरात राई यायोक्खा कुवेत को अध्यक्षमा मोहन छिरिङ राई निर्विरोध निर्वाचित भएका छन्। साथै संस्थाको…

निर्वाचन आयोगले सार्वजनिक गरेको अनौपचारिक नतिजाले Bangladesh Nationalist Party (BNP) लाई सरकार गठनका लागि आवश्यक १५० भन्दा बढी सिट प्राप्त…

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भने कि इरानमा शासन परिवर्तन "हुन सक्ने सबैभन्दा राम्रो कुरा" हुनेछ, जब उनले दोस्रो विमान…

प्रतिकृयाहरू
...