Friday 17th July 2026

बतासको पक्षमा आएन अदालतको अन्तरिम आदेश


तीतोपाटी डटकम-उच्च अदालत पाटनले बतास समूहले सञ्चालन गर्दै आएको पशुपति धर्मशालामा रोक लगाउने स्थिति नदेखिएको ठहर गरेको छ । न्यायाधीशद्वय हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको संयुक्त इजलासले बतास समूहलाई धर्मशाला सञ्चालनमा रोक लगाउने अवस्था नदेखिएको व्याख्या गरेको हो ।
‘सम्झौता अनुसारको काम भए नभएको जाँचबुझ गर्न समिति गठन भएपनि सम्झौता बमोजिमको काम गर्न कुनै किसिमको रोक वा प्रतिबन्ध लगाउने अवस्था नरहेको देखियो,’ अदालतले भनेको छ, ‘कानून बमोजिम गर्नुहोला ।’

यस्तै, सम्झौताअनुसार धर्मशाला सञ्चालन गर्न पशुपति क्षेत्र विकास कोषबाट कुनै अवरोध नभएको र सम्झौता रद्द गर्ने कुनै निर्णय नभइसकेकाले होटल आनन्दले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको समेत व्याख्या गरेको रातोपाटी डटकमले उल्लेख गरेको छ ।


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...