Friday 14th August 2026

कविताः आमा -सोमनाथ लुइटेल “रवि पाल्पाली”


मजामा छौ तिमी छोडेर आमाको, मायालाई भूलेर
लालन पोषण गरेको गर्दछौं, अपमान खुलेर

दिलमा तनाव बोकेर आमाले, हुर्काएको बिर्सेछौ
श्रापित जननी भनेर तिमीले, थर्काउन कसिन्छौ

जलाउ गलेका रहेछन् अबत, मर्यादा नै कुल्चेर
फगत हुनेछ सब त्यो सम्झाउ, आउ अब सुल्झेर

कुपात्र नबन कहिल्यै अज्ञानी, दिमागमा आउँदा
पाएको पबित्र मायानै हुनेछ, सुल्झिएर पाउँदा

सकेको गरेसी पाइन्छ भरेसी, कर्तव्यमा रहनु
नैतिक बनेर सेवामा रहेर , विश्वासमा बहनु

-सोमनाथ लुइटेल “रवि पाल्पाली”


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (NOAA) का अनुसार हाल विकसित भइरहेको ‘सुपर एल निनो’ सन् १९५० यताकै सबैभन्दा शक्तिशाली…

सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्न नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई विदेश…

जापानको चिबा प्रान्तमा रेकर्ड वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ८ जनाको मृत्यु भएको छ। लगातारको वर्षाले सडक, रेल…

प्रतिकृयाहरू
...