Wednesday 30th September 2026

चलचित्र लालीबजारको प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट


तितोपाटी- बैशाख १८ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरिएको छ। बादी समुदायको तर्फबाट रोशनी नेपाली बादीले सोमबार रिट दर्ता गरेकी हुन्। पाटन अदालतका रजिष्ट्रार अशोक क्षेत्रीले रिट आएको पुष्टी गरे।

चलचित्र  ‘लालीबजार’ ले बादी समुदायलाई गलत तरिकाले प्रस्तुत गरेको उनको आरोप छ। त्यसैले प्रदर्शन रोक्न माग गर्दै आफू अदालत गएको रोशनीले बताइन्। फिल्मको कथावस्तु, प्रस्तुतिमा हाम्रो गम्भीर आपत्ति छ। त्यसैले  चलचित्र को प्रदर्शन रोक्न माग गरेका छौं। अब हामी कानुनी प्रक्रिया अनुसार अगाडि बढ्छौं,’ उनले भनिन्। षट्कोण आर्ट्सको प्रस्तुति रहेको ‘लालीबजार’  चलचित्रले  बादी समुदायका महिलाको संघर्षको कथालाई प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...