Wednesday 30th September 2026

माईतिघरमा लफडा-शोभा पाठक अस्पताल, अम्बिका बस्नेत प्रहरी परिसरमा


तितोपाटी-माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएपछि उपचारका लागि उनलाई अस्पताल पठाइएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार पाठकलाई वीर अस्पताल पठाइएको हो । हातपात गरेको आरोपमा नेकपा एमालेका सचिव महेश बस्नेतकी श्रीमती अम्बिका बस्नेतसहितका व्यक्तिलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । उनीसहित ७ जना अहिले प्रहरी परिसर भद्रकालीमा छन् ।

पाठकले एमाले नेता महेश बस्नेतले आफूमाथि गम्भीर अपराध गरेको आरोप लगाउँदै कारबाही हुनुपर्ने माग गर्दै आएकी छिन् । अहिले भने पाठक विवादमा आएपछि राजीनामा दिएका गृहमन्त्री सुधन गुरुङलाई पुनर्बहालीको माग गर्दै माइतीघरमा धर्ना बसेकी थिइन् । पाठक  धर्नामा बसेको समयमा अम्बिकाको समुहले आक्रमण गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

मलेसिया सरकारले हालको १७ सय रिंगेट न्यूनतम तलबलाई बढाएर २ हजार रिंगेट पुर्‍याउने विषयमा छलफल गरिरहेको छ। यदि यो निर्णय…

विश्वकै सबैभन्दा ठूलो उच्चगति रेल सञ्जाल भएको चीनले सोमबार एकै दिन चारवटा नयाँ उच्चगतिको रेलमार्ग सञ्चालनमा ल्याएको छ। यसले देशका…

म्यानमारको राखाइन राज्यमा विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा ४९ जनाको मृत्यु भएको छ…

प्रतिकृयाहरू
...