Thursday 2nd July 2026

गद्य कविता – तिमी बाँचेर हास


तिमी बाँचेर हास

तिमी हास
हास्न पाउनु तिम्रो अधिकार
मन लागेको पहिरनमा
चटक्क ठाँटिएर हिड
मलाई थाहा छ
स्वतन्त्रताको नाउँमा अचाक्ली गर्दिनौ
प्रसव वेदनाको अनुभवी पात्र हौ
अदम्य साहस बटुल
तिम्रा हात,फिला र तिघ्रा ताक्नेलाई
आँखा खोज्न पठाऊ
बाँच्नका लागि मात्रै होइन
यथार्थमा बांच्नुको सार्थकता देऊ
यसो गर्दा
ऊ दुख्छ भने दुख्न देऊ
आजसम्म अरूका निम्ति बाँच्यौ
अब
आफ्ना लागि बाँची हेर
हो, तिमी हासेर बाँच
बाँचेर हास ।

– प्रतिभा पुन (काठमांडु)


सम्बन्धित शीर्षकहरु

कुवेतमा प्रवासी कामदारलाई विभिन्न रोजगारी क्षेत्रबीच स्थानान्तरण (Transfer Window) गर्न दिइएको विशेष अवधि समाप्त भएको छ। यस अवधिमा कुल २७,१४१…

रूसले बिहीबार बिहान युक्रेनको राजधानी किभ (Kyiv) मा ठूला स्तरका मिसाइल र ड्रोन आक्रमण गरेको छ। युक्रेनी अधिकारीहरूका अनुसार यस…

United Arab Emirates ले आफ्नो इतिहासमै पहिलोपटक यात्रुवाहक रेल सेवा सञ्चालनमा ल्याएको छ। यससँगै देशको यातायात पूर्वाधारमा एउटा ऐतिहासिक उपलब्धि…

प्रतिकृयाहरू
...