Saturday 1st August 2026

नगरकोटमा हस्पिटालिटि (आतिथ्य सत्कार)सम्बन्धी एक दिने तालिम सम्पन्न


नगरकोटको साङ्रिला होटलमा हस्पिटालिटि (आतिथ्य सत्कार)सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ। भक्तपुर पार्टी प्यालेस एन्ड क्याटरिङग एसोसियसनका सदस्यहरु सम्मेलित सो तालिम हस्पिटालिटि गाइडले सम्पुर्ण तालिम दिने जिम्मा लिएको थियो।

हस्पिटालिटि गाइडको समन्वयनमा सम्पन्न भएको सो कार्यक्रममा तालिम दिनेहरुमा म्यारिएट ब्रान्डका क्ल्स्टरलर्निङ्ग एन्ड डेभलेपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठले सम्पुर्ण भक्तपुरका पार्टी प्यालेस र क्याटरिङगका सदस्यहरुलाइ निकै रोचक तरिकाले उपयोगी लाइभ स्किल म्यानेजमेन्टको तालिम दिनु भएको थियो भने दि सोल्टी होटल काठमान्डैका सुसेफ आरबि बुढाथोकीले ह्यास्याप सम्बन्धि सेसन लिनु भएको थियो। हस्पिटालिटि गाइडका डाइरेक्टर बिकास डङ्गोलले हाइजिन सम्बधि तालिम दिनु भएको थियो।

आइ एच एम कलेज लगनखेलका सीइओ सुरच प्रसाइको बिषेश समन्वयनमा सम्पन्न सो तालिममा उपस्थित सबैले खुलेर सेसनको प्रसम्सा गरेका थिए। यस्ता खालका तालिम समय समयमा भैरहनु पर्ने र ब्यबसायीले निकै उपयोगी हुने सबैले खुलेर बोलेका थिए।ब्यबसायलाइ ब्यब्स्थित र दिर्घकालिनका लागि यस्ता तालिमले धेरै टेवा पुग्ने कुरा भक्तपुर पर्टी प्यालेस एन्ड क्याटरिङका अध्यक्ष सचिन्द्र श्रेष्ठले बताउनु भयो।


सम्बन्धित शीर्षकहरु

करिब ६०,००० आप्रवासी मोरक्कोबाट स्पेनी भूभाग स्यूटा प्रवेश गरेपछि स्पेनले सीमा नियन्त्रण पुनःस्थापित गरेको छ। स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले मृत्यु…

नेपालमा जन्मिएका विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ)को पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ४३ वर्षको उमेरमा निधन भएको…

दक्षिणी लेबनानमा हिजबुल्लाहले प्रयोग गर्दै आएको भनिएको एक ठूलो भूमिगत सुरुङ संरचना ध्वस्त गरिएको इजरायली सेनाले जनाएको छ। इजरायल डिफेन्स…

प्रतिकृयाहरू
...