Tuesday 24th December 2024

कुवेतमा एकैदिन २२४६ जना कोरोना सक्रमित पुष्टि, स्वास्थ्य प्रोटोकलको पालनामा कडाइ


तीतोपाटी – कुवेतमा पछिल्लो २४ घण्टामा २२४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुवेतमा दैनिक संक्रमित भेटिएको यो संख्या कोरोना महामारी शुरू भए यताकै सबै भन्दा बढि हो ।

कोरोना महामारीको नयाँ भेरियन्ट ओमिक्रोन देखिए यता पछिल्लो पटक विश्वभर नै दैनिक रूपमा धेरै सक्रमितहरू पुष्टि भइरहेका बेला कुवेतमा दैनिक २ हजार भन्दा बढि संक्रमित भेटिए पछि स्वास्थ्य मापदण्ड पालना गराउन निकै कडाइ गरिएको हो ।

कुवेतमा पछिल्लो २४ घण्टामा १ जनाको कोरोनाको कारण मृत्यु भएको छ भने हाल आइसीयूमा ७ जना र अस्पतालहरूमा ४० जना विरामी भर्ना भएका छन् भने ८०८८ सकृय संक्रमितहरू रहेका छन् ।

कुवेत सरकारले कोरोनाको बढ्दो लहरलाइ इंगित गरि आगामी आइतबारदेखि लागु हुने गरि आगामी फेब्रुअरी २८ तारिक सम्मका लागि कुनै पनि किसिमले भेला जम्मा हुन रोक लगाएको छ ।

कुवेत नगरपालिकाले स्वास्थ्य प्रोटोकलहरूको कडाईका साथ लागू गरिने जनाउँदै त्रिपाल तथा होटलहरूमा हुने वैवाहिक समारोहहरू, समाधिस्थलका हलहरूमा हुने जमघटहरू नगर्न नगराउन निर्देश जारी गर्दै ठुला व्यापारिक मलहरू, रेष्टुरेन्ट, सिनेमाघर, मस्जिद, यातायातका साधनहरूमा हुन सक्ने भिडभाडलाइ मध्यनजर गर्दै कडा निगरानी गर्ने जनाउँदै हिजोदेखि नै निरिक्षण चेक जाँच शुरू गरेको छ ।


सम्बन्धित शीर्षकहरु

जेरुसेलम, डिसेम्बर २३ (सिन्ह्वा) - इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सोमबार हमाससँग बन्धकहरूका लागि युद्धविराम सम्झौता सुरक्षित गर्ने प्रयासमा "प्रगति" भएको…

बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई देशमा फर्काउन भारतलाई कूटनीतिक नोट पठाएको छ । बङ्गलादेशका विदेश मामिला सल्लाहकार तौहीद…

यमनको हुथी र अन्य इरानी प्रोक्सीहरूको आक्रमणको सामना गर्दै, इजरायलले "सीधै इरानलाई लक्षित गर्नुपर्छ," बेनी गान्ट्जले घोषणा गरे। नेसेटमा उनको…

प्रतिकृयाहरू
...