Wednesday 7th October 2026

चीनको सबैभन्दा लामो पानी मुनीको सुरूङमार्ग सवारीका लागि खुला


चीनले निर्माण गरेको चीनकै सबैभन्दा लामो पानी मुनीको सुरुङ राजमार्ग सवारी साधनका लागि खुला भएको छ । १०.७९ किलोमीटर लामो ताइहु सुरुङ पूर्वी चीनको जियाङसु प्रान्तको लेक ताइहुमा फैलिएको छ । यो क्षेत्र सांघाईबाट ५० किलोमीटर पूर्वमा रहेको छ । चीनले ४ वर्ष अघि निर्माण गरे पनि अहिलेसम्म राजमार्गको रूपमा खुला गरिएको थिएन ।

जियाङसुका सरकारी अधिकारीहरुका अनुसार सुरुङ ९.९ अर्ब युआन अर्थात् १.५६ अर्ब डलरमा निर्माण भएको हो । निर्माण कार्य २०१८ को जनवरी ९ मा सुरु भएको थियो । सुरुङको सिलिङमा रङ्गीचङ्गी एलईडी बत्ती राखिएका छन् । चालक नथाकुन् भन्ने उद्देश्यले यस किसिमको ढाँचा तयार पारिएको हो ।

यो सुरुङ ४३.९ किलोमीटर चाङझोउ–वुसी हाइवेको एक अंश हो । यो २०२१ को ३० डिसेम्बरम सर्वसाधारणका लागि खुलेको थियो । यसले सांघाई र नानजिङबीचको यात्रालाई वैकल्पिक मार्ग दिने छ ।

सुझोउ, उसी र चाङझोउ जोड्ने यो सुपरमार्गलाई लेक ताइहुसँगैका सहरहरुमा सवारी चाप नियन्त्रण गर्नका लागि बनाइएको हो । यसले याङजे रिभर डेल्टा क्षेत्रका सहरहरुको आर्थिक विकास प्रवद्र्धनका लागि सहयोग पनि गर्नेछ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकाको टेनेसीमा मृत्युदण्ड कार्यान्वयनका क्रममा दुईपटक घातक औषधि दिइए पनि एक महिला जीवितै रहेकी छन्। मृत्युदण्ड विशेषज्ञ र कानुन व्यवसायीहरूले…

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

प्रतिकृयाहरू
...