Friday 11th September 2026

स्रष्टा परिचयको साथमा एक रचना (भाग-१)


स्रष्टा परिचय

स्रष्टा कमला देवकोटा,
तानसेन पाल्पा,हाल- बुढानिलकण्ठ ५ काठमाडाैं ,
प्रकासित कृति- शोक काव्य – २
उपन्न्यास-१
खन्डकाब्य- १
अनुदित उपन्यास -१
बाल कथा-१
बाल कविता-१
पाल्पाली साइनो संग्रह (संयुक्त)
सम्लग्नता-
गद्य साहित्य चौतारी ।सस्थापक सदस्य।
गुन्जन साहित्य संस्था काठमान्डू- आजिवन सदस्य,
बाङ्ग्मय साहित्य प्रतिस्ठान पाल्पा- सन्स्थापक ,उपाध्यक्ष्य,
पोखराथोक साहित्य सङ्गम- आजिवन सदस्य,
र्थस्मृती प्रतिस्ठान काठमाडौ – आजिवन सदस्य,
दर्जन बढी पुरस्कार र अप्रकाशित कृतिहरु।

प्रकासोन्मुख कृतिहरु- १ दर्जन

रचना

पौराणिक लघु कथाः मन्दोदरी
कथाकारः कमला देवकोटा ,पाल्पा

मन्दोदरी दानवराज मयकी सुपुत्री थिइन् । उनकी आमाको नाम हेमा थियो।हेमा अप्सरा थिइन् । उनी दानवपुरमा लामो समय बस्न सक्दैनथिन। भर्खर जन्मेकी छोरीलाई छाडेर उनी देवलोकमा गैइन। मयले पुत्रीको नाम मन्दोदरी राखिदियो।
मन्दोदरी अति सुन्दर, सरल र सुशील गुणवती थिइन् ।मयले पुत्रीलाई अत्यन्त माया गर्थ्यो। तसर्थ आफ्नी पुत्री सङ्ग अधिकाङ्स समय बिताउथ्यो।
शुक्ल पक्षको चन्द्रमा झैँ मन्दोदरी यौवनाबस्थामा प्रवेश गरिन्। एक दिन पुत्री सङ मय( दानवराज) बन बिहार गरिरहेथ्यो। बनको भ्रमणकै क्रममा लन्काको राजा रावणले मन्दोदरीलाई देखेको थियो। रावणको पनि बिबाह भएको थिएन। अत रावणले आफ्ना हजुरबुवा ब्रह्मासङ मय पुत्रीको बारेमा कन्याको हात माग्नको लागि याचना गर्यो।
दानव राज मयले पनि वर योग्य सम्झेर मन्दोदरीको बिबाह रावण सङ्ग गरिदियो। रावण्को मन्दोदरी बाहेक अन्य देव कन्या ,गन्धर्व कन्या र नाग कन्या सङ्ग पनि बिबाह भएको थियो ।
तैपनी सबै भन्दा बढी प्रेम मन्दोदरीलाई नै गर्थ्यो।मन्दोदरीले पनि मनभित्र रावणलाई सजाउथिन्।साथै बेला बेलामा सम्झाउने र सहयोग समेत गर्थिन्।
रावणले पनि उनका कुरालाई ध्यान दिएर सुन्ने गर्थ्यो। मन्दोदरी सती नारी भएकीले उनलाई ईच्छाकुको बंशमा रामको जन्म भएको र दानवहरुको बध गर्नु उनको उद्धेश्य रहेको कुरा अग्रिम जानिसकेकी थिइन् । जब रावणले सीता हरण गर्यो तब मन्दोदरीले राम साक्ष्यात् भगवान भएको र सीता योगमाया भगवती भएकोले छाडिदिनकोलागी अनुनय बिनय गरेकी थिइन् । तेस्ता ईस्वर सङ्ग वैरभाव गर्नु हुदैन, हाम्रै बिनास हुन्छ, यसर्थ जेठो छोरो मेघनादलाई राजपाट दिऔ भनी बराबर बिन्ती गर्थिन्।
तर रावणलाई ती कुराले केही प्रभाव पार्दैनथ्यो।मन्दोदरीलाई अपमान पनि गर्दैनथ्यो।उनी भन्थिनं्,हजुरलाई कालले कुत्कुत्याईरहेकोछ तेसैले मेरो केही कुरा सुन्नु हुन्न।
रावण हासेर मन्दोदरीको कुरा आल टाल गरिदिन्थ्यो। तर मन्दोदरी भने चिन्तित देखिन्थिन्। चिन्तित पत्नी देखेर रावण पनि स्तब्ध हुन्थ्यो।
उसलाई पनि धेरै कुरा थाहा थियो ।शिव भक्त थियो।भबिस्यबाणी गर्थ्यो।बिनासकाल्रे बिपरित बुद्धि झै भयो।
बिबिध कार्य पश्चात् रावण मारियो।पतिको नजिकै मन्दोदरी गएर बिलाप गर्न लागिन् तर उनलाई थाहा थियो कि, रामको हात बाट मर्न पाउनु भनेको
जीवको उद्धार हुनुहो मन आफै बुझाउथिन्, रुदै भन्थिन हजुर बराबर दयालु कोछ र? मेरो पतिको गति राम्रो बन्यो।
तब लन्काको राजा बिभिषण भए। तर लन्काको महारानी भने सती मन्दोदरी नै भैइन्।


सम्बन्धित शीर्षकहरु

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

यमनमा इरानसमर्थित हुथी विद्रोहीहरूले रणनीतिक रूपमा महत्वपूर्ण लालसागर तटीय सहर मोखा कब्जा गरेपछि क्षेत्रीय तनाव थप चर्किएको छ। साउदी अरबसमर्थित…

इजरायलले दक्षिण लेबनानको रणनीतिक अली अल-ताहेर पहाडी क्षेत्रमा रहेका हिजबुल्लाहका महत्वपूर्ण भूमिगत सुरुङहरू ध्वस्त गरेको जनाएको छ। इजरायलका अनुसार ती…

प्रतिकृयाहरू
...