Tuesday 11th November 2025

यूएईमा अलपत्र परेका बिक्रमलाई गरियो उद्दार


तितोपाटी- वैदेशिक रोजगारिका लागि यूनाइडेट अरब इमिरेट्स(यूएई)को दुबईमा पुगी बिरामी भएर अलपत्र बनेका बिक्रम जिम्बालाई प्रवासमा रहेका युवाहरुले उद्दार गरी नेपाल फर्काएका छन् ।

मकवानपुर मनहरी-३ हाँडीखोलाका बिक्रमलाई जापान, यूएई, कतार, साउदीलगायतका देशमा रहेका युवाहरुले आर्थिक् सहयोग जुटाएर बिहीबार नेपाल फर्काएका हुन् ।

दुबईमा एक कम्पनीमा कार्यरत जिम्बा तीन महिनाअघि काम गर्दागर्दै बेहोस भई ढलेका थिए । उनको उपचारको क्रममा पेटको अप्रेशन भयो । उनको उपचार नसकिँदै भिसाको अवधि सकियो । अस्पतालमा उपचार हुँदै गर्दा भिसा सकिएपछि उनी बेसाहारा बनेका थिए । अवैधानिक बनेपछि नेपाल फर्कन पनि समस्या भएको र काम पनि नपाएपछि उनी अलपत्र अवस्थामा थिए ।

अर्जुन सुनाम, श्रीराम रिजाल(जापान) लगाएतको सकृयातामा एक हप्ताको अवधिमा एक लाख रुपैयाँ जुटाएर बिक्रमलाई नेपाल फर्काइएको हो ।

बिक्रमको नेपालमा आफ्नै अभिभावक छैनन र उनी ठुलो बुवाको घरमा बस्ने गरेका थिए । नेपाल फर्किएका उनलाई दिदी समृद्धि लामाको जिम्मा लगाइएको छ । उनको थप उपचारको लागि हाँडीखोला निवासी सञ्जीव पाठक र मनहरी हस्पिटलका सिनियर अहेब ज्योतिराज लुइटेल लगायतको टिमले पहल गरिरहेका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

सुशिल बस्याल - देश अहिले राजनीतिक, सामाजिक र आर्थिक रूपमा संक्रमणको अवस्थामा छ। विगतका दशकहरूमा पुरानो नेतृत्वले धेरै योगदान गरेको…

स्थानीय रूपमा "उवान" भनिने फङ-वङ पश्चिमी प्रशान्त क्षेत्रमा २३० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको सुपर टाइफुनमा परिणत भएको छ। नागरिक…

प्रतिकृयाहरू
...