Friday 11th September 2026

कुवेतको नेपाली दूतावासले कम्पनीहरुमा गर्‍यो अन्तरकृयात्मक छलफल


तीतोपाटी डटकम – नेपाली राजदूतावास कुवेतले कुवेतको कम्पनीहरु एजिलिटी (Agility) र ल्यान्डमार्क(Land Mark)मा भ्रमण गरी त्यहाँको व्यवस्थापन एवं नेपाली कामदारहरूसँग अन्तर्क्रियात्मक भेटघाट गरेको छ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भन्डारी, दूतावासका काउन्सिलर, श्रम सहचारी लगाएत दूतावासका अन्य कर्मचारीहरुले उक्त अन्त्रकृयात्मक भेटघाटमा नेपालीहरूको कामको अवस्था, सुविधा, सुरक्षा लगायतका विषयमा बुझेका थिए।साथै कार्यस्थलको अवलोकन गरिएको थियो।

नोभेम्बर-२५का दिन एजिलिटी(मध्यपूर्बकै ठुलो लोजेस्टिक) कम्पनीमा रहेका नेपाली कामदारहरु र कम्पनी ब्यबस्थापनलाई एकै स्थानमा राखी नेपाली कामदारहरुको समस्याहरु र बर्तवान अवस्था बारे छलफल भएको थियो।

त्यसै गरी डिसेम्बर-१का दिन ल्यान्डमार्क कम्पनीका नेपाली कामदारहरू र ब्यवस्थापना बिच सेवा, सुविधा, कार्यस्थलमा सुरक्षा, बासस्थान व्यवस्था, स्वास्थ्य हेरचाह, कम्पनी व्यवस्थापन र कामदार बीचको असल सम्बन्धको विकासबारे छलफल भएको थियो ।

कामप्रतिको लगनशीलता, अनुशासन, आफ्ना अत्यावश्यक कागजातको सुरक्षा, बसाइको वैधानिकताको आवश्यकता, आम्दानी रकमको औपचारिक तरीकाले स्वदेश पठाउने बारे नेपाली दुतावास कुवेतले समय-समयमा बिभिन्न कम्पनीमा कार्यरत नेपालीहरु र कम्पनी ब्यबस्थापनसंग अन्तर्कृया गर्दै आएको छ।

दूतावासले कम्पनीहरूमा अन्तरकृयात्मक कार्यक्रम गरिरहँदा कुवेतमा रहेका श्रमिकहरूले भने दूतावासले सेवा सुविधा दिइरहेका र नाम चलेका कम्पनीहरूमा मात्र अन्तरकृयात्मक कार्यक्रम गर्नु भन्दा धेरै नेपालीहरू क्लिनर, सेक्युरिटी जस्ता पदमा कार्यरत रहेकाले त्यस्ता कामदारहरू रहेका कम्पनीहरूमा गएर अन्तरकृया गर्नु पर्ने बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...