Tuesday 1st September 2026

उर्मिला पन्त पाण्डेयका केही षडऋतुहरु


विदा भयो दशैं
तिहार आउँदै
दिदी बहिनीले
माला बनाउँदै
दाजु भाइलाई
मनमा संझँदै

दाजु भाइ लाई
टिका माला लाइ
ओखर कटुस
विमिरोको साथ
फलफुल दिँदै
दिन्छन आशिष

तेल र पानीले
दिदी बहिनीले
घुमेर घेरेर
ओखर फोरेर
सुरक्षित राख्छन्
आशिष दिन्छन

दिदी बहनीको
कदर मायाको
गर्छन् दाजुभाइ
दिदी बैनीलाई
दिन्छन् उपहार
मीठो स्नेहधार

रमाईलो चाड
सबै मिली हिँड
भैलो खेल्ने दिन
सबै रम्ने दिन
मिलेर भट्याउँ
आशिर्बाद दिउँ

तेलको धारले
पानीको धारले
छेक्छौँ हामी बाटो
बस्छ तेल टाटो
यम हुन्छ लाटो
सुख मान्ने बाटो

-उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर ,काठमाण्डौँ


सम्बन्धित शीर्षकहरु

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

भोटेकोसी बाढी र पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रहरीले काठमाडौं र हेटौँडा बीच चल्ने सवारीसाधनका लागि नयाँ रुट लागू…

किर्गिस्तानमा आयोजित एससीओ (शाङ्घाई सहयोग संगठन) शिखर सम्मेलनको क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको…

प्रतिकृयाहरू
...