Wednesday 12th February 2025

उर्मिला पन्त पाण्डेयका केही षडऋतुहरु


विदा भयो दशैं
तिहार आउँदै
दिदी बहिनीले
माला बनाउँदै
दाजु भाइलाई
मनमा संझँदै

दाजु भाइ लाई
टिका माला लाइ
ओखर कटुस
विमिरोको साथ
फलफुल दिँदै
दिन्छन आशिष

तेल र पानीले
दिदी बहिनीले
घुमेर घेरेर
ओखर फोरेर
सुरक्षित राख्छन्
आशिष दिन्छन

दिदी बहनीको
कदर मायाको
गर्छन् दाजुभाइ
दिदी बैनीलाई
दिन्छन् उपहार
मीठो स्नेहधार

रमाईलो चाड
सबै मिली हिँड
भैलो खेल्ने दिन
सबै रम्ने दिन
मिलेर भट्याउँ
आशिर्बाद दिउँ

तेलको धारले
पानीको धारले
छेक्छौँ हामी बाटो
बस्छ तेल टाटो
यम हुन्छ लाटो
सुख मान्ने बाटो

-उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर ,काठमाण्डौँ


सम्बन्धित शीर्षकहरु

आनन्द साह, २५ , नेपाली विद्यार्थी उनको परिवारको भविष्यको आशा थिए । अक्टोबर ७ मा किबुट्ज अलुमिममा हमास आतंकवादीहरूले उनको…

अरविन्द केजरीवाल २०१४ को लोकसभा चुनावमा बनारसबाट नरेन्द्र मोदीविरुद्ध मैदानमा थिए र तीन लाख ७१ हजारभन्दा बढी मतले पराजित भएका…

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्बद्ध प्रवासी नेपाली सम्पर्क विभाग—कुवेतको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सम्पन्न दोस्रो अधिवेशनले ईश्वर भण्डारीको…

प्रतिकृयाहरू
...