Monday 25th November 2024

खाद्य विषाक्तता (फुड प्वाइजनिङ)बाट कसरी बच्ने ?


तितोपाटी – अहिले गर्मी याममा फुड प्वाइजनिङ अर्थात् खाद्य विषाक्तता सबैभन्दा बढी हुने स्वास्थ्य समस्या हो । नामबाटै प्रस्ट छ । यो रोग खानाका कारण हुने गर्छ । प्रदूषित, बासी खाद्य पदार्थ खाँदा यो समस्या उत्पन्न हुन्छ ।

गर्मी याममा पकाइएका वा अरू खाद्य पदार्थमा ब्याक्टेरियाले बढी आक्रमण गर्ने गर्छ । अनि त्यस्ता वस्तु खाँदा स्वास्थ्य बिग्रिने गर्छ । त्यसैले सधैं ताजा खाना खानुपर्छ । बासी खाद्य पदार्थमा सबैभन्दा बढी ब्याक्टेरिया उत्पन्न हुन्छ, चाहे त्यो फ्रिजमा राखिएकै किन नहोस् ।

खानालाई फ्रिजमा धेरै दिनसम्म राखेर खानु हुँदैन । फ्रिजमा राखिएका खानेकुरा खानुभन्दा अघि गन्हाए–नगन्हाएको सुनिश्चित गर्नैपर्छ । पकाएको खाना सदैव सुरक्षित हुन्छ । खाना पकाउँदा ब्याक्टेरिया सजिलै मर्छ । यसैले खाद्य विषाक्तताबाट बच्न खानालाई राम्ररी पकाउनुपर्छ । मुख्य रूपमा अन्डा, चिकेन, मटनजस्ता मांसाहारी खाद्य पदार्थ राम्ररी पाकेको हुनुपर्छ ।

हामीले पकाएको भोजनलाई दुई घण्टाभन्दा बढी राख्नुहुन्न । यसलाई उचित समयमै खानुपर्छ वा उपयुक्त तापक्रममा राम्ररी संरक्षित राख्नुपर्छ ।

सागसब्जी, अन्डा, माछामासु लगायतका काँचो भोजनलाई छुनुभन्दा अगाडि साबुन पानीले हात धोएको हुनुपर्छ । हात राम्ररी धोएपछि मात्र खाना पकाउन सुरु गर्नुपर्छ । माछामासुजस्तो काँचो भोजन तयार पार्दा फरक चपिङ बोर्डको उपयोग गर्नु आवश्यक मानिन्छ ।

भान्सा कोठामा उपयोग गरिने तौलिया, तातो भाँडो समाउने लुगाफाटो आदिलाई नियमित रूपमा धोएर, घाममा राम्ररी सुकाएर मात्र प्रयोग गर्नुपर्छ । दिसापिसाब गरेपछि, नाक सफा गरेपछि र जनावरलाई छोएपछि पनि साबुनपानीले हात धुनुपर्छ ।

खाद्य विषाक्तता हुँदा वान्ता, वाकाकी, पानीजस्तै वा रक्तमिश्रित पखाला, पेट दुखाइ, ज्वरो आदि समस्या देखिन सक्छ । यसमा समय खेर नफाली तुरुन्त चिकित्सकीय सल्लाह आवश्यक हुन्छ ।

खाद्य विषाक्तता नहोस् भन्न हामीले सागसब्जी र फलफूल राम्ररी धोएर राख्नुपर्छ ।

उपयोग गर्नुअघि राम्ररी धुँदा यसले हामीलाई बिरामी हुनबाट जोगाउँछ ।


सम्बन्धित शीर्षकहरु

पश्चिमी उत्तर प्रदेशको सम्भल जिल्लामा आइतबार बिहान शाही जामा मस्जिदको सर्वेक्षणका क्रममा भएको हिंसामा तीन जनाको मृत्यु भएको छ ।…

सरकारले काठमाडौंको सुन्धारामा रहेको धरहरा आज आइतबारदेखि व्यवसायिक रुपमा खुला गरेको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा…

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा तीनवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । १४.८ मेगावाटको माथिल्लो सान्जेन,…

प्रतिकृयाहरू
...