Saturday 28th March 2026

परिचयपत्र बिना कसैलाइ पनि कोठा भाडा नदिन गृह मन्त्रालयको आग्रह


तीतोपाटी – सरकारले विदेशी नागरिक सीमा नाकाबाट घुसपैठ गरी नेपाल आएर बस्न थालेपछि परिचय–पत्र बिनाका कसैलाई पनि घर, कोठा र अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार (आज) विज्ञप्ती जारी गर्दै कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचय–पत्र माग्न सार्वजनिक रुपमा नै अपील गरेको हो ।

११ जना अफगान नागरिक भारतको बाटो हुँदै भैरहवाबाट काठमाडौं आइ ‘शरणाथी’ बनेर लुकिछिपी बसेको खुलेपछि गृहले यस्तो अपील गरेको हो । त्यस्तै गृहले परिचय–पत्र बिनाका कसैलाई पनि काममा नलगाउन आग्रह पनि गरेको छ ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘पछिल्ला केही दिनका घटनाहरुबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको बझिएकोले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर, अपार्टमेन्ट, फल्याट, कोठा आदि भाडामा नदिन र त्यस्ता व्यक्तिहरुलाई कामकाजमा समेत नलगाउन सबैमा अनुरोध गरिन्छ ।’

त्यस्तै पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरेर सहयोग गर्नका लाग पनि गृहले आग्रह गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गरिदिनु हुनसमेत अनुरोध छ ।’

केही दिन अगाडि भारतको सुनौलीबाट रुपन्देहीको बेलहिया नाका हुँदै गैरकानूनी रुपमा नेपाल भित्रिएका ११ अफगान ‘शरणार्थी’ सोमबार सिनामंगलबाट पक्राउ परेका थिए । प्रहरीले उनीहरुलाई प्रारम्भिक अनुसन्धान गरी थप कारबाहीका लागि अध्यागमन विभागको जिम्मा लगाएको छ ।


सम्बन्धित शीर्षकहरु

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

कुवेतमा आज २५ मार्चका दिन परेको अविरल झरिपछि राजमार्गहरू पानीले भरि भराउ भएपछि सरकारले ट्राफिक व्यवस्थापनका लागि केहि राजमार्गहरूलाइ अस्थायी…

प्रतिकृयाहरू
...