Friday 17th July 2026

सञ्चारमन्त्रीद्वारा प्रजातन्त्रवादी लेखक अंक विमोचित


तीतोपाटी – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शिवपुरी सन्देश पत्रिकाको प्रजातन्त्रवादी लेखक अंक एक समारोहमा विमोचन गर्नु भयो । उक्त कार्यक्रममा साहित्यकार वियोगी बुढाथोकीको नियात्रासंग्रह “शनै:शनै: यात्रामा”को पनि विमोचन गरियो ।
मन्त्री कार्कीले प्रजातन्त्रवादी लेखक अंकबाट देशको प्रजातन्त्रको वास्तविक अवस्था बुझ्न सहज हुने कुरो बताउनु भयो भने स्रष्टा वियोगी बुढाथोकीलाई थुप्रै कृतिहरू प्रकाशन गर्न शुभकामना पनि दिनु भयो ।
कार्यक्रममा वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेले नेपाली साहित्यमा शिवपुरी सन्देश पत्रिका र स्रष्टा वियोगी बुढाथोकीको योगदानको चर्चा गर्नु भयो ।
समीक्षकद्वय अनुपमा रेग्मी र सविता विमलीले विमोचित नियात्रासंग्रहको चिरफार गर्नु भएको थियो भने समीक्षक राजकुमार बानियाले ठट्यौली पारामा कृति र कृतिकार बुढाथोकीको योगदान र स्वभावको बारेमा आफ्ना विचारहरू राख्नुभयो ।
प्रा.डा. कुमारप्रसाद कोइरालाले सभापतिको आशनबाट कस्ता लेखकहरूलाई प्रजातन्त्रवादी भन्ने बारेमा आफ्नो गहन टिप्पणी राख्नु भएको थियो ।
स्रष्टा/सम्पादक वियोगी बुढाथोकीले शिवपुरी सन्देशलाई आफ्नो जीवनकालमा १०० अंक पुर्याउने र शिवपुरी सन्देशलाई पुस्तान्तरण गर्ने धोको रहेको जानकारी दिदा सभाहल भावुक बनेको थियो ।
बाबू त्रिपाठीले रोचक तरिकाबाट सञ्चालन गरिएको कार्यक्रममा १४५ स्रष्टा र साहित्यानुरागीहरूको उपस्थित थियो ।


सम्बन्धित शीर्षकहरु

नेपालमा ठूला आर्थिक अपराधका मुद्दामा एउटा प्रश्न बारम्बार उठ्ने गरेको छ—सरकारले अर्बौं रुपैयाँको बिगो दाबी गर्छ, तर अदालतले केही करोड…

तेहरान। हमासले इरानसँग आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न सहयोग, थप आर्थिक सहायता र कूटनीतिक समर्थन मागेको दाबी गरिएको छ। इजरायली…

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रु २० करोड ९० लाख बिगो दाबी…

प्रतिकृयाहरू
...