Friday 11th September 2026

भारतको केरलामा बाढी, कम्तिमा १५ जनाको मृत्यु


भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सेना, प्रहरीसहित स्वयंसेवकहरुको टोली उद्वारका लागि बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । आइतबार ती क्षेत्रमा स्थानीयहरु पनि उद्वारमा खटिएका छन् । बाढी प्रभावित क्षेत्रबाट महिला र बालबालिकासहित ३३ जनाको उद्वार गरिएको राष्ट्रिय प्रकोप उद्वार बलका अधिकारीहरुले जनाएका छन् ।

मौसम विज्ञान विभागका अनुसार विभिन्न ११ जिल्लालाई भारी वर्षाको खतरा उन्मुख क्षेत्रमा सूचीकृत गरिएको छ । प्रकोपको अवस्थाबारे छलफल गर्न शनिबार साँझ मुख्यमन्त्री पिनारायी विजयानले बैठक बोलाएका थिए । साथै उनले अलपत्र परेकाहरुलाई उद्वारका लागि सरकारले हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै उनले राहतको व्यवस्था गर्नेसमेत बताए ।


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...