Sunday 16th November 2025

भारतको केरलामा बाढी, कम्तिमा १५ जनाको मृत्यु


भारतको केरलामा भारी वर्षासँगै आएको बाढीका कारण कम्तिमा १५ जनाको मृत्यु भएको छ । अरु थुप्रै मानिस हराइरहेका छन् । कोत्तायाम जिल्लास्थित १२ जनाको मृत्यु भएको छ भने इदुक्की जिल्लामा तीन जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

सेना, प्रहरीसहित स्वयंसेवकहरुको टोली उद्वारका लागि बाढी प्रभावित क्षेत्रमा खटिएका छन् । आइतबार ती क्षेत्रमा स्थानीयहरु पनि उद्वारमा खटिएका छन् । बाढी प्रभावित क्षेत्रबाट महिला र बालबालिकासहित ३३ जनाको उद्वार गरिएको राष्ट्रिय प्रकोप उद्वार बलका अधिकारीहरुले जनाएका छन् ।

मौसम विज्ञान विभागका अनुसार विभिन्न ११ जिल्लालाई भारी वर्षाको खतरा उन्मुख क्षेत्रमा सूचीकृत गरिएको छ । प्रकोपको अवस्थाबारे छलफल गर्न शनिबार साँझ मुख्यमन्त्री पिनारायी विजयानले बैठक बोलाएका थिए । साथै उनले अलपत्र परेकाहरुलाई उद्वारका लागि सरकारले हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । साथै उनले राहतको व्यवस्था गर्नेसमेत बताए ।


सम्बन्धित शीर्षकहरु

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कुवेतले आफ्नै संगठनका सदस्यहरूको दक्षता र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यसहित…

गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका…

इजरायलद्वारा नियन्त्रित क्षेत्र र हमासद्वारा नियन्त्रित अर्को क्षेत्र बीच गाजाको वास्तविक विभाजन हुने सम्भावना बढ्दो छ, धेरै स्रोतहरूले भनेका छन्,…

प्रतिकृयाहरू
...