Monday 12th January 2026

पूर्वयुवराज पारस शाहको निवासमा चोरी, एक जना पक्राउ


तीतोपाटी डटकम-पूर्वयुवराज पारस शाहको पोखरास्थित निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौंको मित्रनगरबाट शिव गौतमलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । पक्राउ गरिएका गौतम शाहको निवासका कामदार हुन् ।

शाहको निवासबाट क्यामरा, २ थान आइप्याड, २ थान दुरविन र नोकिया सेट चोरी भएको बताइएको छ । गौतमले पोखराबाट सामान चोरेर काठमाडौं ल्याएको खुलेको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगर स्थित न्यू राप्ती गेस्टहाउसबाट महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्रेर अनुसन्धान गरिरहेको छ ।

चोरेको सामान गौतमले पूर्वयुवराजलाई फिर्ता गरेको एसपी बस्नेतले बताए । आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जमा राखिएको छ ।

@रातोपाटीबाट


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...