Tuesday 23rd December 2025

हाम्रो धर्म संस्कृतिको निर्माण वा विनिर्माणको जिम्मा हाम्रै हो। अरूलाई किन चासो ?


डा.अम्बरिश पोख्रेल- मानिसको आस्था र विश्वासको सम्मान सबैले सबै ठाउँमा गर्नुपर्छ ।

धर्म, संस्कृति, रीति रिवाज, चाल चलन सम्पूर्ण कुराहरु हामीसँग हाम्रै नेपाली भूमिमा यथेष्ट मात्रामा उपलब्ध छन् । अरूले सिकाउनु वा बोकाउन खोज्नु आवश्यक छैन ।

यतिसम्म की, हामीले अन्तरदेशीय पाहुनाहरुसंग देखाउनु पर्ने न्यूनतम देखि उच्चतम मापदण्ड समेत, सयौ वर्ष अगाडि देखि नै निश्चित तथा पूर्णता गरिएको रहेछ !

कुन चाड पर्वमा हामीले के के गर्न हुने वा नहुने, कुन समय परिस्थिति अनुसार लागू गर्ने वा नगर्ने भन्ने कुरा स्वयम् हाम्रै मूल ग्रन्थहरुमा तय गरिएको छ । यो कुरामा, हामीलाई अरु बाहिरिया कसैले जबर्जस्ती महाज्ञानी बनेर छद्मरुपी भेषमा सिकाउनु आवश्यक छैन ।

हामीसँग भएका सम्पूर्ण यो प्रकारका मौलिक मूल्य, मान्यता, आध्यात्मिक तथा उच्च तहको अलौकिक ज्ञानको भण्डारण हाम्रा पुर्खाको देन हो । त्यसको संरक्षण तथा परिष्कृत गर्नु, गराउनु वा यथावत राख्नु नयाँ पुस्ताको दायित्व हो । यसरी हाम्रो धर्म संस्कृतिको निर्माण वा विनिर्माण हाम्रै जिम्मा हो । अरूलाई किन चासो ?
अस्तु ।
ए. पोख्रेल ।


सम्बन्धित शीर्षकहरु

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार युक्रेनमा युद्ध अन्त्य गर्ने वार्तामा पश्चिमा र कीभको कोर्टमा रहेको बताएका छन्। उनले मस्कोको हालैको…

ढाका, बंगलादेश (एपी) - बंगलादेशमा गत वर्षको राजनीतिक विद्रोहमा एक प्रमुख कार्यकर्ताको मृत्यु भएपछि बिहीबार राति क्रोधित प्रदर्शनकारीहरूले बंगलादेशका दुई…

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

प्रतिकृयाहरू
...