Wednesday 8th October 2025

कामदार मागपत्रमा नेपाली दूतावास युएइको नक्कली छाप र किर्ते दस्तखत भेटियो


तितोपाटी – दुबईस्थित नेपाली दूताबासको नक्कली छाप र किर्ते दस्तखत गरेर राजधानीको एक म्यानपारव कम्पनीले वैदेशिक रोजगार विभागमा कीर्ते मागपत्र पेश गरेको पाइएको छ ।

राजधानीको बसुन्धारास्थित ग्रेट स्काई इन्टरनेशनल मेनपावर कम्पनीले यसरी कीर्ते मागपत्र ल्याएको खुलेको हो ।

कुनैपनि मेनवार कम्पनीले मागपत्र ल्याउनुअघि सम्बन्धित दूताबास वा सम्बन्धित देश हेर्ने दूतबासले राजदूतले प्रमाणिकरण गर्नुपर्ने नियम छ । तर ग्रेट स्काई इन्टरनेशनल मेनपावर कम्पनीले तयार पारेको मागपत्रमा प्रमाणीकरण नै नगराई फर्जी मागपत्र तयार पारेर विभागमा बुझाएको पाइएको हो ।

विभागले सोबारे राय लिनको लागि दूबईस्थित दूतबासमा पत्राचार गरेपछि कीर्तेको पर्दाफास हुन पुगेको हो ।

विभागले मंगलबार कीर्ते गर्ने कम्पनीमा छापा मारेर कागजात नियन्त्रणमा लिएको जनाएको छ । कम्पनीमाथि छानबिन गरेर कडाभन्दा कडा कारबाही गरिने पनि विभागले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी- बिगत दुई दिन देखि   निरन्तर परेको पानीको कारण बाढी पहिरो परेर ज्यान गुमाउनको संख्या ४९ पुगेको छ ।नेपाल प्रहरीले…

तितोपाटी- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । …

तितोपाटी-नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ ।  नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम…

प्रतिकृयाहरू
...