Wednesday 5th August 2026

राम भण्डारीको गजल संग्रह -३०


रोगले उसलाई दिन-दिनै पिरेको रहेछ ।
त्यसैले ऊ मृत्युशैंयाबाट फिरेको रहेछ ।

भिख मागेन छ उपचार खर्च पनि बरु
आज बारीको पाटो बेचेर तिरेको रहेछ ।

आफ्नो स्वभिमान बिक्री गरेनछ बरु
उसले ऋण काढेरै टोपि फेरेको रहेछ ।

राष्ट्रको ढुकुटीमा डुब्ने धनवान देखेर
बसेर एकान्तमा चुपचाप हेरेको रहेछ ।

बिचरा! छैटीमा भावीले जति ठगे पनि
कर्म गरेरै भाग्य आफैले कोरेको रहेछ ।

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

सरकारले ल्याएको ‘सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हेर्दा नेपालको सडक व्यवस्थापनलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने उद्देश्य स्पष्ट…

बंगलादेशका स्टार क्रिकेटर तथा अवामी लिगका पूर्व सांसद शाकिब अल हसनको पैतृक घरमा अज्ञात समूहले आक्रमण गरेको छ। स्थानीय सञ्चारमाध्यमका…

केही मित्रता शब्दहरूले बन्छन्। तर केही सम्बन्ध वर्षौंको विश्वास, धैर्य र निस्वार्थ प्रेमले निर्माण हुन्छन्। एउटा सानो हात्तीको बच्चाले आफूलाई…

प्रतिकृयाहरू
...