“पाँच तत्व पाँचै विकार ,पञ्चाङ्ग नै ठिक आधार “
पञ्चाङ्ग १
संसारलाई बत्ती पुग्ने हाम्रा नदी नाला छन्।
हामीलाई दिने सुविधामा बन्द ताला छन्।
हाम्रा पीडा व्यथाहरु कस्ले सुनिदिन्छ खाेई
बाटाेभरि तेर्स्याईएका तिखा भाला छन्।
जस्काे बाटाे हेर्याे उस्का कर्तुत काला छन्।
-चन्द्रावती अधिकारी ,बाँके कोहलपुर ।
पञ्चाङ्ग २
विनयशील क्षमा भाव विवेकी मानवीय रतन हो।
निन्दा होइन सम्मान स्वयं अस्तित्वको जतन हो।
म ठूलो मलाई सबैले मान्नुपर्छ भन्नु पशुवत बुझाइ
हामी मानव हौँ सबैको समान हैसियत र वतन हो।
अहंकार गर्नु आफ्नै छवि धुमिल हुनु हो महापतन हो ।।
-सृजना सरोवर,उदयपुर
पञचाङ्ग ३
१
दुष्ट पासा आए भने चाल चालिदिन्छु म ।
घमन्डीका विचार खेलेमा फालिदिन्छु म ।
सम्मान फूलपाती उकालीको देउराली
असभ्य तुच्छ वचनहरू गालिदिन्छु म ।
अहङ्कारी रापिला शिखर ढालिदिन्छु म ।
२
हारिन्न जीवन कहिले आँसु झारी रुनाले बुझ ।
मनको पीडा शब्दबाट भित्र कुना धुनाले बुझ ।
बन्चराले काट्ने रुख साह्रो पर्यो भने कुँडिन्छ है
शब्दहरू नाचिरहेछन् तिमी साथ हुनाले बुझ ।
अबुझ वचनहरूले हृदयमा छुनाले बुझ ।
-सविता के.सी. काठमाडौं
पञ्चाङ्ग ४
सधैं सधैं तिम्रै पछि पछि आउन मन छ।
हात समाई गाउँ र बेसी धाउन मन छ।
हाँसी खुसी रमाई जिन्दगी बिताउन लाई,
तिमीसँगै सधैं माया प्रेम लाउन मन छ।
जीवन भर तिम्रै अंगालो पाउन मन छ।
ह्यारिस ह्यारिसन्
पञ्चाङ्ग ५
१
हाल खबर के भन्नु र खलेको छ देश।
बाढी पहिरो कतै आगो बलेको छ देश
हुतिहारा किन गर्छन् नेता देशमा घात?
छिमेकीकै चेपुवामा हो गलेको छ देश।
एम सि सि ले अझ त्यस्मा छलेको छ देश
२
मन भरी ब्यथा बढ्यो व्याधा को जालमा छु ।
जालमा छटपट रोइ बस्ने हालमा छु ।
देख्ने सबै कठै भन्छन् काध दिने छैन नि
मर्ने हु कि बाच्ने छु कि भाग्यको छालमा छु ।
बाचे भेट हुन्छ नि मरे भने कालमा छ।
३
यहाँ आँखा नलगाउ हाम्रो सानो कुटि हो।
हर्रो बर्रो यार्सागुम्बा सबै जरिबुटि हो ।
देशको माटो बेचि कुरा एम सि सि को छ
घरको भेद नखोलौ न यो सानो खुटि हो।
भगाउनु पर्छ बैरि हामी सबै जुटि हो।
-लक्ष्मी बस्याल बर्दिया
पञ्चाङ्ग ६
१
विधाताको मर्जी जे होला तिमी मेरो हुनुपर्छ ।
भेट नभए जीवनमा तिमीले नि रुनुपर्छ ।
मिलाई जसरी नि तिमी मेरो पास आऊ प्रिय
नआए यी मेरा आँखाहरु आँशुले धुनुपर्छ ।
प्रेमले खाली सिउँदो तिम्रा औँलाले छुनुपर्छ।
२
दस नङ्ग्रा मात्र हैन आफूलाई खियाउनु रहेछ ।
आफू हारेर नि अरु कसैलाई जिताउनु रहेछ ।
के छ र जिन्दगी अनेक थरी भोग्नुछ यो सँसारमा
भरिएको मन हितैषीमा बाँडी रित्याउनु रहेछ ।
अहितकारीहरुको पनि हित चिताउनु रहेछ ।
– रचना ” प्रतीक्षा “, ललितपुर ।
पन्चाङ्ग ७
१
माैसमि तरकारि डुण्डु र न्यूराे खाने हाे ।
घरमा पनि यहि डुण्डु र न्यूराे लाने हाे ।
हुन त घिराैला पनि पाेसिलाे नै मानिन्छ
कसले सव्जि साेधे डुण्डु र न्यूराे छाने भाे ।
मैले पाैष्टिक मध्ये डुण्डु र न्यूराे माने काे ।
२
मान्छेले मान्छेसित डराउने बेला आयाे ।
इतिहास नभाकाे काेराेनाकाे बेला छायाे ।
बिश्वमा नै तहल्का मच्चाउने शक्तिशाली
संसारै भर काेराेनाकाे डर बेला खायाे ।
ठुला साना सवैलाइ यै नै बेला सतायाे ।
३
सबै फूल नभै माला बन्दैन हजुर ।
एउटै फूलले माला गन्दैन हजुर ।
सयथरी गाेडा एउटै चाल बन्ने हो
मान्छेले मान्छेलाई पाे भन्दैन हजुर ।
बुझौँ है यसरी संस्था चल्दैन हजुर ।
४
मुखमा सरश्वती बस्याे भने बाेलेकाे पुग्छ भन्छन् ।
काेरम नपुगि बाेल्याे भने त बाेलेकाे सुक्छ भन्छन् ।
बर्षामा झरि पर्दा भ्यागुता कराए झै हाे ला नि है
घाँटी बसेकाे बेलामा श्वर नै बाेलेकाे लुक्छ भन्छन् ।
मुखमा खाना नपरे खानै नै बाेलेकाे ढुक्छ भन्छन्।
-मधुसूदन प्रसाद घिमिरे ,काठमाडौं
पञ्चाङ्ग ८
***
१
पार्न सम्म पार्यो गरिबलाई जाल झेलैमा हजुर।
निर्दोश लाई दोशी बनाएर कोच्यो जेलैमा हजुर।।
कस्तो कानुन कस्तो नियम थुईक्क हाम्रो देशको
नेताका पछाडी लाग्दा जनता परे फेलैमा हजुर।।
सारा गरिब हरु मरे पहिरो र भेलैमा हजुर।।
–लक्ष्मी श्रेष्ठ
पञ्चाङ्ग ९
श्रीमती सीता जस्तो खोज्नेले आफूनि राम हुनुपर्छ ।
जनकपुरकि जानकी जस्तै तिम्रो नाम हुनु पर्छ ।
अयोध्या , मथुरा , पशुपती देवता बस्ने थलो भयो
कलियुगको कला कृति पुज्ने राम्रो धाम हुनुपर्छ ।
रामको जस्तो नाम कमाउनलाई काम हुनुपर्छ ।
-सोमनाथ लुइटेल “रवि पाल्पाली”
-पाल्पा , हाल : युगाण्डा
पञ्चाङ्ग १०
१
यो मुटुसँग त्यो मुटु साटेकी छु।
तिमी छौ त म जहिले बाँचेकी छु।
विश्वासमा नै संसार अडेको छ,
प्रेम बढाउन कदम चालेकी छु।
जीवन बिताउने साथी ठानेकी छु।
२
तिमीतिरै मेरो मन मुटु ढालेकी छु मैले।
तिम्रै नाममा प्रेमको दियो बालेकी छु मैले।
जिन्दगी जिन्दगी जस्तो बनाउनको लागि नै,
सानोतिनो पिर मर्का तिम्रै लागि टालेकी छु ।
दु:खलाई पनि हाँसीहाँसी वपालेकी छु ।
–सुशीला पौडेल ,काठमाडौं
✍️पञ्चाङ्ग✍️ ११
••••••••••••••••
घमण्ड किन पाल्छ मान्छे जलाउँदै जान्छ भित्रै देखि ।
सद्भाव मार्छ अहंकार जमाउँदै जान्छ भित्रै देखि ।
कागजी खोष्टो गौण छ आध्यात्म र मानवताको अघि
योग्यताको दम्भले ऐजेरु पलाउँदै जान्छ भित्रै देखि ।
श्रद्धा शुन्य मन्द बिष हो ढलाउँदै जान्छ भित्रै देखि ।
–रवीन्द्रनाथ पोखरेल, देबचुली नपा३, नवलपरासी
पञ्चाङ्ग १२
खाली हात थियो भाग्य लिएर आएँ ।
अमृत छोडी जहर पिएर आएँ ।
भाग्यमा लेखिएको मेटिदैन कैले
जहाँबाट छोड्यौ दिल सिएर आएँ ।
दुई दिनाको साथ दियौ जिएर आएँ ।
राधा डाँगी, बर्दिया गु.न.पा.
पञ्चाङ्ग १३
एका-तिर लाग्दा अर्को-तिर छुटिँदो रैछ ।
चाहाना नमरे कहिले-काही त भेटिँदो रैछ ।
सद्भाव नभए-को स्वार्थी नठानी दिए मात्रै
धैर्य भै पहाड चढ्दा फाँटमा टेकिँदो रैछ ।
पाइला चाल्दै जाँदा गन्तव्य-मा पुगिँदो रैछ ।
शर्मिला श्रेष्ठ ,काठमाडौं हाल: अमेरिका
पञ्चाङ्ग १४
खुशी कसैले दिएर पाइन्न खोस्नु पर्छ ।
मनलाई आनन्द मिल्ने बाटो रोज्नु पर्छ ।
दिन र रात पालैपालो देख्छु फेरिएकै
आफ्नो समस्या आफैले सदैव बोक्नु पर्छ ।
दु:ख सुख सर्छ आउँछ जान्छ भोग्नु पर्छ ।
राधारमा , इटहरी
पञ्चाङ १५
१
आज भोलि म पनि भइन अरे खास उसलाई ।
बाँकी जिन्दगीको छैन भन्छ्नरे आस उसलाई ।
आधुनिक जमानामा मोबाइल फोन चलाउदा
विश्वास लाग्दैन रे अचेल शंका त्रास उसलाई ।
सबै सम्पत्तिको गरे भन्ने सत्य नास उसलाई ।
२
ढिकि जातो उठेर गरेको आधा रातको याद आयो ।
धानको घानमा ढिकिले कुटेको हातको याद आयो ।
भालेकाे डाकमा घर धन्दा पधेराको पानी ल्याउदा
बुहारीलाई दिने पिठो कनिका भातको याद आयो ।
हेला गरि बोलिने तितो असुभ बातको याद आयो।
३
कृष्णको भजन गाएर सकिदैन ।
भगवानले दही खाएर सकिदैन ।
राधाको मन एकोहोरो बनाउने
बासुरीको धुन बजाएर सकिदैन ।
मुकुट र प्वाख लाएर सकिदैन ।
तारा घिमिरे, संखुवासभा, खांदबारी ३ मानेभञ्ज्याङ ।