Wednesday 4th March 2026

होसियार ! कुवेतमा चिट्ठा परेको भनी ठग्ने क्रम बढ्दो


बसन्त थापा – कुवेतमा बिगत केहि महिना देखी अन्जान नम्बर बाट अथवा विभिन्न कम्पनीको नाम बाट अपरिचित ब्यक्ति द्वारा फोन गरि चिट्ठा परेको भन्दै लुट्ने क्रम बढेको छ।

केही रकम मागेर सोझा साझा नेपालीलाई ठगी गर्ने विभिन्न देश र कम्पनीबाट फोन गरि हाम्रो र हाम्रो बैंक कार्डको विवरण लिई विभिन्न व्यक्तिहरुलाई चिट्ठामा हजारौं कुवेती दिनार परेको भनी प्रलोभनमा पारी ठगी गर्ने कार्य निकै बढ्दो रूपमा पाइएको हो ।

यसरी ठगी गर्ने क्रममा एसियन नागरिकको संलग्नता रहेको पीडित पक्षको गुनासो रहेको छ ।

उक्त गिरोहले सामाजिक संजाल इमो अथवा भाइबरमा अनलाईन कल गरी कहिले जेन कम्पनी त कहिले भिभा र उरेडु कम्पनीमा आफू कार्यरत र सोही कम्पनीको हेड अफिसबाट विभिन्न बहानाबाजी गर्दै “लक्की ड्र” मा  हजारौं कुवेती दिनार पुरस्कार परेको छ, तपाईलाई बधाई छ, सो रकम तपाईंले बैंक खाता मार्फत पाउनको लागी तत्काल आफुलाइ केही रकम उपलब्ध गराइदिन भन्दै उल्टो पैसा लुट्ने गरेका छन।

चिट्ठा ठगी सम्बन्धी र यसरी ठगी गर्ने क्रममा एसियाली नागरिक हुन भन्ने उनीहरुको आवाज र बोली बाट पनि थाहा पाउन सकिन्छ।

चिट्ठा पर्यो भन्दै फोन गर्ने गिरोहले प्राय कुवेत लगायत अन्य दुइ देशको नाम लिने गरेका छन।

यसरी लुट मच्चाउने क्रम दिनानुदिन जारी रहेकोले कुवेतमा कार्यरत नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई सुचित गर्दै अपरिचित  ब्यक्ति अथवा हर कोहीले बैंक कार्ड नम्बर मागेमा नदिनु होला नत्र पश्चाताप बाहेक अरु केहि विकल्प हरु छैनन यो परदेशमा त्यसैले विभिन्न सामाजिक संजाल मार्फत लोभ लालचमा पारी ठगी गर्ने देखि साबधान रहनु होला ।


सम्बन्धित शीर्षकहरु

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

चीनका विदेशमन्त्री वाङ यीले सोमबार आफ्नो इरानी समकक्षीलाई फोनमा भने कि मध्यपूर्वमा युद्ध फैलिँदै गर्दा बेइजिङले अमेरिका-इजरायली आक्रमणहरू विरुद्ध आफ्नो…

मध्यपूर्वमा बढ्दो क्षेत्रीय तनावका बीच शेख फहाद अल-युसुफ अल-सबाह ले कुवेतका सबै सुरक्षा र सैन्य निकायहरूलाई उच्च सतर्कतामा परिचालन गरिएको…

प्रतिकृयाहरू
...