Tuesday 31st March 2026

नेपाल लगायत ६ मुलुकका कामदार सिधा उडान मार्फत कुवेत ल्याउनका लागि नागरिक उड्डयन प्राधिकरणले सर्कुलर जारी गर्यो


तीतोपाटी – कुवेत सरकारले गत हप्ता नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंक तथा इजिप्ट का नागरिकहरूलाइ सिधा व्यावसायिक उडान मार्फत कुवेत आउन दिने निर्णय गरेपछि हिँजो कुवेत नागरिक उड्डयन प्राधिकरणले एक सर्कुलर जारी गरि ति देशबाट सिधा उडान मार्फत कुवेत आउन पुरा गर्नुपर्ने प्रकृया सार्वजनिक गरेको छ । मन्त्री स्तरीय कोरोना भाइरस आपतकालिन समितिको शिफारिशमा कुवेत सरकारको गतहप्ता बसेको मन्त्रि परिषदको बैठकले कोरोना जोखि बढि भएका देशबाट पनि सिधा उडानमार्फत कुवेत फर्कन पाउने निर्णय गरेको थियो ।

कुवेत नागरिक उड्डयन प्राधिकरणद्वारा जारी सर्कुलर अनुसार कुवेतले अनुमोदन गरेका कोभिड विरूद्धका पुरा डोज खोप लगाइ QR CODE सहितको सर्टिफिकेट लिइ कुवेतको स्वास्थ्य मन्त्रालयबाट अनुमति पाएका मानिसहरूले कुवेत फर्कन सक्ने बताइएको छ घरेलु कामदारले चाहिँ खोप नलगाए पनि फर्कन पाउने बताइएको छ तर त्यस्ता घरेलु कामदारले कुवेतले विकास गरेको बेलसलामाह (Belsalamah) एप्लिकेशनमा रजिष्टर्ड भएको हुनुपर्नेछ । त्यसै गरि सबै एयरलाइन्सहरूले उनीहरूका उडान मार्फत कुवेत फर्कने यात्रुहरूलाइ अनिवार्य रूपमा स्लोनिक(Shlonik) एप्लिकेशन डाउनलोड गरि रजिष्टर्ड गर्न लगाउनु पर्ने पनि भनिएको छ ।

कुवेतबाट प्रकाशित हुने अरब टाइम्सले कुवेत नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक युसुफ अल फाैजानलाइ उद्धृत गर्दै प्रकाशित गरेको समाचार अनुसार स्वास्थ्य मापदण्ड पुरा गरेर धेरै देशहरूबाट कुवेतमा उडान भर्नको लागि अनुमति दिइएको भए पनि प्रति उडान कति क्षममा सम्म यात्रु बोक्ने भन्ने कुरा अझै निर्णय हुन बाँकी नै छ ।

कुवेत सरकारले यहि अगष्ट एक तारिकबाट कुवेत एयरपोर्टलाइ संचालनमा ल्यए पनि उपरोक्त देशहरूमा कोरोना संक्रमणको जोखिम धेरै भएको भनि सिधा उडान मार्फत कुवेत आउन अनुमति दिएको थिएन । हाल कुवेतमा कुवेतमा कोरोनाको संक्रमण दर घट्दो क्रममा रहेको तथा कुवेतमा रहेका अधिकांशलाइ कोरोना विरूद्धको खोप लगाइसकिएकोले ती देशमा रोकिएका कामदारहरूलाइ सिधा उडान मार्फत कुवेत फर्कन दिने निर्णय गरेको हो ।

अरब टाइम्समा प्रकाशित समाचार अनुसार कुवेत नागरिक उड्डयन प्राधिकरण कुवेतको मन्त्री परिषदले अनुमोदन गरेको उपरोक्त ६ देशबाट सिधा उडान संचालन गर्ने  योजनाको तयारी गर्दैछ । यात्रुहरु को लागी आधिकारिक घोषणा एक पटक यी देशहरु संग संचालन गर्ने योजनाहरु पूरा भए पछि गरिनेछ। भारत र इजिप्टको साथमा व्यावसायिक उडान संचालन गर्ने मिति अझै तय भएको छैन। एयर ट्रान्सपोर्ट डिपार्टमेन्टका निर्देशक अब्दुल्लाह फदौस अल-राजीले भने कि कुनै पनि एयरलाइन्स लाई यी देशहरु बाट संचालन गर्नको लागी अधिकृत गरिएको छैन।

यस अघि कुवेत सरकारले गरेको निर्णय अनुसार कुवेतले अनुमति दिए बाहेकका कोभिड-१९ विरूद्धका खोप  (सिनोफार्म, सिनोभ्याक र स्पुतनिक भी) लगाएका आप्रवासी कामदारहरूले यदि कुवेतले अनुमोदन गरेका खोपहरू फाइजर, मोडेर्ना, अक्सफोर्डरअष्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन मध्ये कुनै एक पनि खोपको अतिरिक्त डोज लगाएमा पनि कुवेत फर्कन दिइने पनि बताइएको छ ।

त्यसै गरि अरब टाइम्समा कुवेतको नागरिक उड्डयन प्राधिकरणका निर्देशकलाइ उद्धृत गर्दै प्रकाशित समाचार अनुसार  २९ वटा एअरलाइन्स कम्पनीहरूलाइ कोटाको आधारमा दैनिक ७५०० यात्रु कुवेत भित्र्याउन पाउने व्यवस्था गरिएकोमा हाल सो क्षमता क्षमता बढाएर यात्रु आउन पाउने ब्यवस्था गर्न जरूरी छ ।

कुवेत नागरिक उड्डयन प्राधिकरणद्वारा सार्वजनिक गरिएका सर्कुलरहरूः

 

 

 


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...